skip this News Page Tips Ad Road Block

वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंह पक्राउ

Citizenlife ad 2082 falgun to baishak 2083

पर्सा । वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंह पक्राउ परेका छन् । लिखतसम्बन्धी कसुरमा वीरगञ्ज महानगरपालिकाका मेयर सिंह पक्राउ परेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साले उनलाई पक्राउ गरेको हो ।

प्रहरीका अनुसार विशेष सूचनाको आधारमा लिखतसम्बन्धी कसुरका प्रतिवादी जिल्ला पर्सा वीरगञ्ज महानगरपालिका वडा नं. ३ बस्ने वर्ष ५६ को राजेशमान सिंहलाई पर्साबाट खटिएको प्रहरी टोलीले मिति २०८३ जेठ १९ गते आज बिहान ६ बजेर ७ मिनेटको समयमा पक्राउ गरेको हो ।

सिंहलाई पर्सा जिल्ला ठोरी गाउँपालिका वडा नं.३ ठोरी रिसोर्टबाट नियन्त्रणमा लिइ लिखतसम्बन्धी कसूर मुद्दामा थप अनुसन्धान कार्य भइरहेको प्रहरी नायव उपरीक्षक राजु कार्कीले जानकारी दिएका छन् ।

Health Tips Ad Road Block