काठमाडौँ । दक्षिणाम्नाय शृङ्गेरी शारदा पीठका पीठाधीश्वर अनन्तश्रीविभूषित जगद्गुरु शंकराचार्य श्री श्री विधुशेखर भारती महास्वामीजीद्वारा “धार्मिक विजय यात्रा नेपाल–२०२६” को अवसरमा जेष्ठ ११ गते सोमबारको विशेष दिन पारी चन्द्रागिरिस्थित भालेश्वर महादेव मन्दिर दर्शन तथा पूजा अर्चना गरेका छन् । जगद्गुरु शङ्कराचार्य सहितका विशिष्ट पाहुनाहरूलाई चन्द्रागिरि हिल्सका अध्यक्ष हेमराज ढकाल तथा संचालक, संस्थापक सहितका पधाधिकारीहरुले स्वागत गरे ।
भ्रमणका अवसरमा जगद्गुरु शङ्कराचार्यबाट पर्यटकहरूका लागि चन्द्रागिरि हिल्स उत्कृष्ट गन्तव्य बन्न पुगेको भनी प्रशंसा गरे । साथै चन्द्रागिरिमा अवस्थित भालेश्वर महादेव मन्दिर परिसरमा अत्यन्तै अलौकिक अनुभूति गरेको समेत जगद्गुरु शङ्कराचार्यले बताए । यहाँको वातावरण संस्कृति र प्राकृतिक सुन्दरताले सवैलाई लोभ्याउने पनि जगद्गुरु शङ्कराचार्य उल्लेख गरे ।
भ्रमण टोलीले हरियालीले ढाकिएका डाँडाकाँडा चिसो र शान्त मौसम तथा काठमाडौँ उपत्यकाको मनोरम दृश्य हेर्दै केबलकार चढ्नु अत्यन्तै स्मरणीय अनुभव भएको बताए ।





















