skip this News Page Tips Ad Road Block

पश्मिना उद्याेग संघद्वारा काठमाडाैंमा पश्मिनामा ढाका डिजाइन बुनाइ तालिम सञ्चालन, ३० जनाले व्यवहारिक सीप लिँदै

Citizenlife ad 2082 falgun to baishak 2083

पश्मिना उद्याेग संघद्वारा काठमाडाैंमा पश्मिनामा ढाका डिजाइन बुनाइ तालिम सञ्चालन, ३० जनाले व्यवहारिक सीप लिँदै

काठमाडौं । नेपाल पश्मिना उद्योग संघ (NPIA) द्वारा आयोजना गरिएको “पश्मिनामा ढाका डिजाइन बुनाइ तालिम” कार्यक्रम काठमाडौंको हाँडीगाउँ, गहना पोखरीस्थित कार्यक्रम स्थलमा सञ्चालनमा रहेकाे छ । उक्त तालिमकाे व्यापार तथा निकासी प्रवर्द्धन केन्द्र (TEPC) का कार्यकारी निर्देशक नवीन राज शर्माले उद्घाटन गरे ।

कार्यक्रममा International Trade Centre (ITC), जेनेभा, स्विट्जरल्याण्डबाट सुश्री Camila Villas को विशेष उपस्थिति रहेको थियो। साथै International Trade Centre Nepal का Program Coordinator डा. विदुर घिमिरे, घरेलु तथा साना उद्योग संघ काठमाडौं शाखाकी अध्यक्ष डोल्मा शेर्पा, महासचिव, तथा नेपाल पश्मिना उद्योग संघका पदाधिकारी एवं कार्यसमिति सदस्यहरूको समेत उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रमको सभापतित्व नेपाल पश्मिना उद्योग संघका अध्यक्ष धन प्रसाद लामिछानेले गरेका थिए । स्वागत मन्तव्यका क्रममा अध्यक्ष लामिछानेले पश्मिनामा ढाका डिजाइनको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय महत्वबारे विस्तृत चर्चा गरेका थिए ।

उनले ढाका नेपालको मौलिक पहिचान बोकेको परम्परागत डिजाइन भएको उल्लेख गर्दै सुरुवाती समयमा नेपालीहरूले ढाका टोपीका रूपमा यसको प्रयोग गर्ने गरेको जानकारी दिए । विशेषगरी तेह्रथुम जिल्लामा यसको उत्पादन हुने गरे पनि पछिल्लो समय पाल्पामा यसको उत्पादन विशेष रूपमा विकास भएपछि “पाल्पाली ढाका” नामबाट समेत चर्चित भएको उनले बताए ।

अध्यक्ष लामिछानेका अनुसार धेरै वर्षअघि ढाकाबाट आउने कपडासँग नाम जोडिएकाले यसको सम्बन्ध बंगलादेशको राजधानी ढाकासँग जोडिए पनि हाल नेपालीहरूले आफ्नै परम्परा, ज्यामितीय डिजाइन तथा आकर्षक रङ संयोजनमार्फत विकास गरेको विशिष्ट नेपाली कला नै ढाका भएको उल्लेख गरे ।

उनले पछिल्लो समयमा ढाका डिजाइनको प्रयोग चोली, सारी, कोट, टोपी, शल तथा स्वागत–सत्कारका सामग्रीहरूमा व्यापक रूपमा हुन थालेको चर्चा गरे । साथै भारतको कश्मीर क्षेत्रमा ढाकासँग मिल्दोजुल्दो तर अझ जटिल तथा उच्चस्तरीय “कानी” डिजाइन पश्मिनामा बुनिने गरिएको र विगतमा राजा–महाराजा तथा सुल्तानहरूले प्रयोग गर्ने उक्त सामग्रीको मूल्य लाखौँ पर्ने गरेको प्रसंग समेत उल्लेख गरे ।

अध्यक्ष लामिछानेले नेपाल पश्मिना उद्योग संघको उद्देश्य नेपाली ढाकालाई पनि अन्तर्राष्ट्रियस्तरको उच्च गुणस्तरयुक्त डिजाइनका रूपमा स्थापित गर्नु रहेको आफ्नो स्वागत मन्तव्यमा व्यक्त गरे ।

उद्घाटन कार्यक्रम सञ्चालन संघका उपाध्यक्ष चिरञ्जीवी काफ्लेले गर्नुभएको थियो। कार्यक्रममा डोल्मा शेर्पा, डा. विदुर घिमिरे तथा सुश्री Camila Villas ले आ–आफ्नो महत्वपूर्ण धारणा राखेका थिए ।

कार्यक्रममा वक्ताहरूले नेपाली पश्मिना उद्योगको विकास, परम्परागत सीप संरक्षण, महिला तथा युवाको उद्यमशीलता प्रवर्द्धन तथा नेपाली हस्तकलाको अन्तर्राष्ट्रिय बजार विस्तारमा यस्ता तालिम कार्यक्रमहरूको महत्वपूर्ण भूमिका रहने धारणा व्यक्त गरेका थिए।

प्रमुख अतिथि नवीन राज शर्माले NTIS अन्तर्गत नेपाल पश्मिना उद्योग संघलाई Trade and Export Promotion Centre (TEPC) तथा नेपाल सरकारबाट निरन्तर सहयोग हुँदै आएको र आगामी दिनमा समेत यस्तो सहकार्यलाई अझ प्रभावकारी रूपमा अगाडि बढाइने बताउँदै कार्यक्रमको सफलताको शुभकामना व्यक्त गरे । यस कार्यक्रममा कार्यक्रम संयोजकको भूमिका गीता श्रेष्ठले निर्वाह गरिरेहकी छन् भने विवेकानन्द मिश्रले प्रशिक्षकको भूमिका निर्वाह गरेका छन्। साथै तालिमका प्रमुख प्रशिक्षक राम लाल श्रेष्ठ छन् ।

करिब ५५ जनाको सहभागिता रहेको उक्त कार्यक्रममा १५ दिने “पश्मिनामा ढाका डिजाइन बुनाइ तालिम” औपचारिक रूपमा प्रारम्भ गरिएको छ।

तालिममार्फत ३० जना सहभागीहरूलाई पश्मिना तथा ढाका बुनाइ सम्बन्धी सीप, डिजाइन विकास तथा बजारमुखी उत्पादनसम्बन्धी व्यावहारिक ज्ञान प्रदान गरिने आयोजकले जनाएको छ।

नेपाल पश्मिना उद्योग संघले आगामी दिनहरूमा समेत यस्ता सीपमूलक तथा उत्पादनमूलक कार्यक्रमहरू सञ्चालन गर्दै जाने प्रतिबद्धता व्यक्त गरेको छ।

यसैगरी तालिमको दोस्रो दिन व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका उपकार्यकारी निर्देशक, सूचना अधिकारी, संघका अध्यक्ष लगायतले तालिमको निरीक्षण गर्दै प्रशिक्षार्थीहरुलाई उत्कृष्ट सीप सिकेर यसै क्षेत्रमा आफ्नो भविष्य निर्माण गर्न सुझाएका थिए । उनीहरुले आवश्यक सबै सहयोग गर्न तयार रहेको प्रशिक्षार्थीहरुलाई बताए ।

Health Tips Ad Road Block