skip this News Page Tips Ad Road Block

एफएनसीसीआईको वरिष्ठ उपाध्यक्षमा सुरकृष्ण वैद्य र कोषाध्यक्षमा मनिषलाल प्रधान विजयी

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्ष र कोषाध्यक्ष पदका लागि भएको निर्वाचनको मतगणना सम्पन्न भएको छ। वरिष्ठ उपाध्यक्षमा सुरकृष्ण वैद्य र कोषाध्यक्षमा मनिषलाल प्रधान विजयी भएका छन्।

वरिष्ठ उपाध्यक्षमा सुरकृष्ण वैद्यले ५६ मत पाएर विजयी भएका हुन् भने अर्का प्रतिष्पर्धि राम चन्द्र सघईले ३० मत प्राप्त गरे।

कोषाध्यक्षमा मनिषलाल प्रधानले ६१ मत पाएर विजयी हुँदा अम्बिका प्रसाद पौडेलले २५ मत प्राप्त गरेको निर्वाचन समितिले जानकारी दिएको छ।

Health Tips Ad Road Block