skip this News Page Tips Ad Road Block

महिला फुटवल टोलीको प्रगती प्रशंसनीयः मन्त्री पोखरेल

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौँ । शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले खेलकुद क्षेत्रको विकास र खेलाडीहरूको सम्मानका लागि सरकारले भगीरथ प्रयास गर्ने बताएका छन् । दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) महिला च्याम्पियनसिपमा सहभागी हुन लागेको नेपाली राष्ट्रिय महिला फुटबल टीमका खेलाडीहरूलाई आज मन्त्रालयमा बिदाइ गर्दै मन्त्री पोखरेलले सीमित स्रोतसाधनका बाबजुद खेलाडीको सम्मान र खेलकुद विकासलाई प्राथमिकता दिइने उल्लेख गरे ।

मन्त्री पोखरेलले नेपाली फुटबलमा महिला फुटबल टोलीको प्रदर्शनी उत्कृष्ट रहेको तथा राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा हासिल गरेको उपाधि प्रसंशनीय रहेको बताए।
उनले सीमित स्रोत साधनको अधिकतम सदुपयोग गरेर खेलकुद क्षेत्रको विकास र खेलाडी सम्मानलाई सरकारको तर्फबाट सकेसम्म बढाउने प्रयत्न गरिने बताए । कार्यक्रममा मन्त्री पोखरेलले खेलाडीलाई राष्ट्रिय झन्डा र जर्सी हस्तान्तरण गरेका थिए ।

अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का अध्यक्ष पंकज विक्रम नेम्वाङले सरकारको नीति अनुसार नेपाली फुटबलले नयाँ उचाई लिने विश्वास व्यक्त गरे ।

यही जेठ ११ गतेदेखि २४ गतेसम्म भारतको मडगाओ गोवामा साफ महिला च्याम्पियनसिप सञ्चालन हुनेछ । नेपाली महिला फुटबल टोली जेठ ८ गते भारत प्रस्थान गर्ने र प्रतियोगिता सम्पन्नपछि जेठ २५ गते स्वदेश फर्किने कार्यक्रम रहेको छ ।

Health Tips Ad Road Block