skip this News Page Tips Ad Road Block

डाबर नेपालको मह गुणस्तरहिन पाइएपछि बजारबाट सबै मह तत्काल फिर्ता गर्न कडा निर्देशन

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । नेपाली बजारमा बिक्री भइरहेको बहुर्राष्ट्रिय ब्रान्ड डाबरको मह गुणस्तरहीन पाइएपछि बजारमा भएका सबै मह फिर्ता गर्न सरकारले कडा निर्देशन दिएको छ । डाबर नेपाल प्रालि जितपुर, सिमराद्वारा बजार पठाइएका मह गुणस्तरहिन पाइएपछि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले सबै मह फिर्ता गर्न निर्देशन दिएको हो ।

नियमित बजार अनुगमन तथा नमुना परीक्षणका क्रममा डाबर ब्रान्डको ५०० ग्राममा उपलब्ध मह नेपाल सरकारको खाद्य मापदण्डअनुसार नभएको पुष्टि भएपछि खाद्यको यस्तो आदेश आएको हो ।

ब्याच नम्बर एनबी ००४७७ रहेको उक्त डाबर महको प्रयोगशाला परीक्षण गर्दा न्यूनस्तर खाद्य पदार्थ भएको पाइएपछि तत्काल फिर्ता गर्न कडा निर्देशन दिइएको हो ।

यस्तो छ विभागको निर्देशन

 

Health Tips Ad Road Block