skip this News Page Tips Ad Road Block

कर्जा ग्राहकहरुलाई नेपाल बैंकको ब्याज छुटसहित कर्जा चुक्ता गर्ने अवसर !

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । नेपाल बैंक लिमिटेडले कर्जा ग्राहकहरुलाई ब्याज छुटसहित कर्जा चुक्ता वा नियमित गर्न आउन आग्रह गरेको छ ।

एक सूचनामार्फत बैंकले कर्जा उपभोग गरी वि.सं.२०७२ साल चैत मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बक्यौता साँवा रु. १ करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरुलाई वि.सं. २०८३ साल असार मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधासहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएको जनाएको छ ।

त्यसैगरी वि.सं. २०८० साल वैशाख १ गतेपश्चात् निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरुले वि.सं.२०८३ साल असार मसान्तभित्र बक्यौता साँवा, ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएको बैंकको भनाइ छ ।

सम्बन्धित कर्जा ग्राहकहरुले नजिकको नेपाल बैंकको शाखा कार्यालयमा गएर ब्याज छुट सुविधा लिई कर्जा चुक्ता गर्नसक्ने बैंकले जनाएको छ ।

नेपालभर २३१ शाखाहरु, २४६ एटिएमका साथै ६१ एक्सटेन्सन काउन्टर मार्फत करिब २७ लाख ग्राहकहरुलाई वित्तीय सेवा पुऱ्याइरहेको यो बैंक हाल ग्राहक सेवामा व्यापक सुधार गरी आधुनिक बैंकिङ प्रविधि मार्फत बैंकिङ सेवा पुर्याई प्रतिस्पर्धीरुपमा अगाडि बढिरहेको छ। बैंकले छिटोछरितो र गुणस्तरीय ग्राहक सेवामा जोड दिई युवा जनशक्तिमार्फत् नेपालभर बैंकिङ सेवा प्रदान गरिरहेको छ। दक्ष व्यवस्थापन, युवा कर्मचारी र आधुनिक प्रविधिको समुचित प्रयोग भएसंगै आम नेपालीमा नेपालको पहिलो बैंक नेपाल बैंकप्रतिको आकर्षण दिन प्रतिदिन बढ्‌दै गएको बैंकको दाबी छ ।

Health Tips Ad Road Block