काठमाडौं । आज प्रतिनिधिसभामा बजेटका सिद्धान्त र प्राथमिकतामाथि छलफल हुने भएको छ ।
आव २०८३/०८४ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्ताव बाहेक) छलफल आज प्रारम्भ हुने संसदका महासचिव पद्म प्रसाद पाण्डेयले जानकारी दिएका छन् ।
प्रतिनिधि सभाको बैठक बिहान ११ बजेका लागि बोलाइएको छ ।
कार्यसूचिअनुसार प्रतिनिधि सभा नियमावली मस्यौदा समितिका सभापति गणेश पराजुलीले ‘प्रतिनिधि सभा नियमावली मस्यौदा समितिको प्रतिवेदन, २०८३’ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम समेत रहेको छ ।





















