काठमाडौं । साताको पहिलो कारोबार दिन आज आइतबार नेपाली बजारमा सुनको मूल्य तोलामा ४ हजार ५ सय रुपैयाँले घटेको छ ।
शुक्रबार २ लाख ९८ हजार ५ सय रुपैयाँ तोलामा कारोबार भएको सुनको मूल्य घटेर आज २ लाख ९४ हजार रुपैयाँ प्रतितोलामा आइपुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
शुक्रबार ५३९० रुपैयाँ प्रतितोला रहेको चाँदी आज ५०६० रुपैयाँमा आइपुगेको छ ।





















