काठमाडौं । गुणस्तरहिन भएपछि यशोधा फुड्स प्रालिद्वारा बजारमा पठाइएका सबै करेन्ट चाउचाउ फिर्ता गर्न सरकारी निकायले निर्देशन दिएको छ ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गतको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, बबरमहलले यस्तो निर्देशन दिएको हो ।
विभाग वा अन्तर्गतको निकायबाट बजार अनुगमन/निरीक्षणको क्रममा खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ बमोजिम संकलन गरिएको खाद्य पदार्थको नमुना प्रयोगशालामा परिक्षण गर्दा उत्पादकबाट उत्पादित उक्त खाद्य पदार्थमा एक्सट्राक्टेड फ्याटको एसिड भ्यालु नेपाल सरकारले तोकेको अनिवार्य गुणस्तर मापदण्ड अनुरुप नपाईएको विभागले जनाएको छ ।
त्यस्तै स्वच्छता तथा गुणस्तर ऐन, २०८१ को दफा ३८ (२) को प्रावधान बमोजिम उक्त व्याच नं. का सबै खाद्य पदार्थ बजारबाट तत्काल फिर्ता गर्न विभागले आदेश दिएको हो ।
साथै सोही दफाको उपदफा (४) बमोजिम विभागले बिक्री वितरण नगर्न/नगराउन पनि उत्पादकलाई निर्देशन दिएको छ ।
यस्तो छ विभागको आदेश






















