काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले केही स्वार्थ समूहले पूँजीबजारमा नागरिकको अर्बाै रकम दुरुपयोग गरेको आरोप लगाएका छन् ।
आज बसेको अर्थ समितिको बैठकमा उनले सर्वसाधारण जनताको पैसा अपचलन गरेर मार्केट म्यानिपुलेसन, इन्साइडर ट्रेडिङ लगायतका क्रियाकलापमार्फत पूँजीबजारमा १५/१६ अर्ब रकम दुरुपयोग गरिएको र त्यसबाट अकुत सम्पति आर्जन गरिएको आरोप लगाएका हुन् ।
उनले पूँजीबजारलाई पारदर्शी बनाइने प्रतिबद्धता जनाए । उनले यो वर्ष सुशासनका मेन्द्रित हुने र त्यो सँगै विस्तारै विकासका कार्यमा अगाडि बढ्ने स्पष्ट पारे ।
बैठकमा उनले आफूले गरेका राम्रा कामहरु राजश्व चुहावट नियन्त्रण, डिजिटाइजेसन, सुशासन लगायत विषय सार्वजनिक गरेका थिए ।





















