काठमाडौं । नेपाली सेनाले कोशी कोरिडोरको खाँदबारी–किमाथांका सडकखण्ड निर्माण सम्पन्न गरी आयोजना प्रमुखलाई हस्तान्तरण गरेको छ ।
सेनाले कोशी कोरिडोरको खाँदबारी–किमाथांका सडक खण्ड अन्तर्गत संखुवासभा, भोटखोला गाउँपालिकास्थित च्याम्ताङ्गदेखि घोङ्घप्पासम्मको १०.८१ किलोमिटर सडक निर्माण कार्य सम्पन्न गरी हस्तान्तरण गरेको हो ।
वैशाख २८ गते सोमबार उत्तर–दक्षिण (कोशी) सडक आयोजनाका प्रमुखलाई सडक हस्तान्तरण गरिएको हो ।




















