काठमाडौं । उद्योगी एवं नेपाल उद्योग वाणिज्य महासंघकाे आगामी निर्वाचनका लागि वस्तुगततर्फ उपाध्यक्ष पदका उम्मेदवार शिव प्रसाद घिमिरेले अनुसन्धानका नाममा प्रतिष्ठित उद्योगी व्यवसायीमाथि भइरहेको धरपकडप्रति गम्भीर ध्यान जान जरुरी रहेको बताएका छन् । सामाजिक संजालमार्फत आफ्ना भनाई सार्वजनिक गरेका घिमिरेले नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष शेखर गोल्छालाई पक्राउ गरिएको घटनाले यो बहसलाई अझ संवेदनशील मात्र होइन, चिन्ताजनक बनाएको बताएका छन् ।
उनले भनेका छन्, ‘समाचारमा आए अनुसार धितोपत्रसम्बन्धी अनियमितता र सेयर कारोबारसँग जोडिएको विषयमा अनुसन्धानका लागि उहाँलाई नियन्त्रणमा लिइएको भनिएको छ। तर, अनुसन्धानको नाममा पहिला पक्राउ गर्ने र पछि प्रमाण खोज्ने अभ्यास गलत हो । पहिला थुन्ने अनि पछि सुन्ने प्रवृत्ति कुनै पनि हालतमा स्वीकार्य हुन सक्दैन। यस्तो अभ्यासले विधिको शासनमाथि मात्र होइन, निजी क्षेत्रप्रतिको राज्यको व्यवहारमाथि पनि गम्भीर प्रश्न उठाउँछ।’
घिमिरेले ‘एकातिर सरकारले लगानी, उद्यमशीलता, रोजगारी र निजी क्षेत्रलाई प्रोत्साहन गर्ने कुरा गर्छ, अर्कोतिर यही क्षेत्रका अग्रणी व्यक्तित्वलाई प्रक्रिया विपरीत ढंगले पक्राउ गरिन्छ भने यसले सम्पूर्ण व्यावसायिक वातावरणमा डर, अन्योल र असुरक्षा फैलाउँछ।’ भने ।
घिमिरेले सरकारको भ्रष्टाचारविरुद्धको अभियानको समर्थन गरौँ तर प्रक्रिया मिचेर गरिने कारबाहीको स्पष्ट र कडा विरोध गरौँ। व्यवसायीको पक्षमा उभियौं भनेर लेखेका छन् ।
उनले भनेका छन्, ‘विधिको शासन भनेको प्रक्रियाको न्याय हो, त्यो कमजोर भयो भने विश्वास पनि कमजोर हुन्छ।’
अन्या उद्योगीहरुले पनि दोषी प्रमाणित नभएसम्म कुनै पनि व्यक्तिलाई हिरासतमा राख्नु उपयुक्त नहुने भनाइ सार्वजनिक गर्न थालेका छन् ।






















