skip this News Page Tips Ad Road Block

१६ प्रमुख प्रशासकीय अधिकृतलाई तीन दिनभित्र खटाइएको ठाउँमा हाजिर हुन मन्त्रीको निर्देशन, नत्र कारवाही हुने

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले १६ प्रमुख प्रशासकीय अधिकृतलाई तीन दिनभित्र अनिवार्यरूपमा खटाइएको निकायमा हाजिर हुन मन्त्रीको निर्देशन दिएकी छन् ।

सचिवालयमार्फत एक सूचना जारी गर्दै मन्त्री रावलले १६ प्रमुख प्रशासकीय अधिकृतलाई तीन दिनभित्र अनिवार्यरूपमा खटाइएको निकायमा हाजिर हुन निर्देशन दिएको जानकारी गराएकी हुन् ।


चनामा भनिएको छ, ‘मन्त्रालयले मिति २०८२ भदौ महिनादेखि २०८२ चैत महिनासम्म विभिन्न स्थानीय तहहरूमा सरुवा भई समय व्यतित भई सक्दा समेत खटाइएको स्थानीय तह (नगरपालिका/गाउँपालिका) हरूमा रमाना भई हाजिर हुन नगएका उपसचिव तथा शाखा अधिकृत स्तरका सोह्र (१६) जना प्रमुख प्रशासकीय अधिकृतहरूलाई तीन (३) दिनभित्र अनिवार्य रूपमा कामकाज गर्न खटाइएको निकायमा रमाना लिई जान हुन तथा निजामती सेवा नियमावली, २०५० को नियम ३९ र ४० मा भएको व्यवस्था बमोजिम कारबाहीको हुने गरी मिति २०८३/०१/१० गते पत्राचार गरिएको। लामो समयदेखि खटाइएका स्थानीय तहहरूमा हाजिर हुन अटेर गरी साविककै कार्यालयमा कार्यरत रहने कर्मचारीहरूको विकृति रोक्न मन्त्रालयले उक्त सोह्र (१६) जना कर्मचारीहरूलाई पत्राचार गरिएकोमा आगामी दिनमा समेत अवधि पूरा हाजिर नहुने कर्मचारी उपर कडा कानुनी कारबाही चलाइने।’

Health Tips Ad Road Block