काठमाडौं । वल्डलिंक कम्युनिकेशन्सले सामाजिक उत्तरदायित्व अन्तर्गत आज विश्वव्यापीरूपमा मनाइने पृथ्वी दिवस २०२६ का अवसरमा नेपालको ऐतिहासिक स्थल किर्तिपुर वडा नं ६ मा अवस्थित मन्जुश्री पार्कमा डस्टबिन हस्तान्तरण तथा सरसफाइ कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा स्थानीय संस्था प्रगतिशील युवा समूह र जलविनायक सामुदायिक वन उपभोक्ता समूहको संयुक्त आयोजनामा संचालन गरिएको थियो ।
यस कार्यक्रममा मन्जुश्री पार्क र जलविनायक सामुदायिक वनको क्षेत्रमा कुहिने र नकुहिने फोहोर व्यवस्थापनका लागि डस्टविनहरू त्यहाँका प्रतिनिधिहरु समक्ष वल्डलिंककी सिएसआर डाइरेक्टर तथा प्रमोटर शेयर होल्डर, अनुपा भण्डारी जालान र किर्तिपुर नगरपालिकाकी उपमेयर, शुभलक्ष्मी शाक्यले सयुक्त रुपमा डस्टबिनको चाबी हस्तान्तरण गरेका थिए । साथै, सहभागीहरूले पार्क र सामुदायिक वन क्षेत्रमा सामूहिक रुपमा सरसफाइ अभियान सञ्चालन गर्दै प्लास्टिकरहित क्षेत्र व्यवस्थापन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
पार्कमा आउने आगन्तुकहरूको सुविधालाई ध्यानमा राख्दै उक्त क्षेत्रमा निःशुल्क वाइफाइ सेवा पनि उपलब्ध गराइएको जानकारी भण्डारी जलानले दिइन् । जसले डिजिटल पहुंच र पर्यटकीय अनुभवलाई यप सहज बनाउने अपेक्षा गरिएको छ।
यसै गरि उनले पृथ्वी दिवस केवल उत्सव नमई सबैको साझा जिम्मेवारी रहेको उल्लेख गर्दै हाम्रो शक्ति, हाम्रो पृथ्वी भन्ने यस वर्षको नाराले पृथ्वीको संरक्षणमा सामूहिक प्रयासको आवश्यकता झल्काउने बताइन् । उनले वातावरण संरक्षण कुनै एक पक्षको मात्र दायित्व नभई सबैको साझा जिम्मेवारी भएकोमा जोड दिइन् ।
कार्यक्रममा किर्तिपुर नगर उपप्रमुखले बल्डलिंकको सामाजिक उत्तरदायित्व अन्तर्गत गरिको कार्यक्रमको प्रशंसा गरिन् र जागामी दिनमा निरन्तर यस्ता गतिविधि गर्न सुझाव र साथ पाउने अपेक्षा पनि राखिन् । २०५० साल देखि स्थापना भएको प्रगतिसिल युवा समुहले मन्जुश्री पार्क र सामुदायिक वनको स्थापना र यसको संरक्षणमा निरन्तर लागि रहेको सो क्लवका अध्यक्ष सुजन मर्हजनले बताए । साथै, यस ऐतिहासिक स्थल मन्जुश्री पार्क र सामुदायिक वनको संरक्षण, प्रवर्द्धन, सास्कृतिक र पर्यटकीय पहिचानलाई सबै समक्ष पुऱ्याउन स्थानीयहरुको सकिय सहभागीता रहेको हुनाले सो कार्यममा बोल्दै सबैजना धन्यवादको पात्र रहेको जानकारी दिए ।
कार्यक्रममा किर्तिपुर ६ का वडा अध्यक्ष, जलविनायक सामुदायिक वन उपभोक्ता समूह, विभिन्न संघ(संस्थाका प्रतिनिधिहरू, स्थानीय समुदाय, तथा सरोकारवाला व्यक्तिहरूको सकृय उपस्थिति रहेको थियो।
बल्डलिंकको सामाजिक उत्तरदायित्व अन्तर्गत हालसम्म देशका विभिन्न स्थानमा विद्यालयहरूमा शैक्षिक सामग्री तथा न्यानो कपडा वितरण, वृक्षारोपण र सामुदायिक वन संरक्षण, मानसिक स्वास्थ्य सचेतना कार्यक्रम, दुर्गम क्षेत्रमा अनलाइन शिक्षा, स्वास्थ्य संस्थामा सौर्य ऊजी जडान, सुरक्षित इन्टरनेटसम्बन्धी जनचेतना तथा युवाहरूको डिजिटल क्षमता अभिवृद्धि जस्ता कार्यक्रमहरु निरन्तर गरिरहेको छ।






















