skip this News Page Tips Ad Road Block

नक्सालबाट उद्याेग वाणिज्य महासंघका पूर्व अध्यक्ष एवं उद्याेगी शेखर गाेल्छा पक्राउ

काठमाडाैं । नेपाल उद्याेग वाणिज्य महासंघका पूर्व अध्यक्ष एवं उद्याेगी शेखर गाेल्छा पक्राउ परेका छन् । धितोपत्र सम्बन्धी ऐन, २०६३ अन्तर्गतको कसूरमा हिमालयन रिइन्स्योरेन्स लिमिटेडका तत्कालिनअध्यक्ष वर्ष ५९ को शेखर गोल्छा पक्राउ परेकाे प्रहरीकाे केन्द्रीय अनुसन्धान ब्यूरो (प्रशासन शाखा) का प्रहरी वरिष्ठ उपरीक्षक शिव कुमार श्रेष्ठले जानकारी दिएका छन्।

एक विज्ञप्तिमार्फत ब्यूरोले भनेकाे छ, ‘नेपाल धितोपत्र बोर्डको प्रारम्भिक जाँचबुझ प्रतिवेदन समेतको आधारमा काठमाडौं जिल्ला नागार्जुन न.पा. वडा नं.८ बस्ने हुलासचन्द्र गोल्छाको छोरा हिमालयन रिइन्स्योरेन्स लिमिटेडका तत्कालिन अध्यक्ष वर्ष ५९ को प्रतिवादी शेखर गोल्छा समेतको मिलेमतोमा धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा ९४, ९५, ९६ को उपदफा (१) र दफा ९८ बमोजिम कसूरमा ऐ ऐनको दफा १०३ को उपदफा (३) बमोजिम थप अनुसन्धान तथा कारबाहीका लागि नेपाल धितोपत्र बोर्डको प्रारम्भिक जाँचबुझ प्रतिवेदन, २०८३ यस ब्यूरोमा प्राप्त हुन आएकोमा मिति २०८३/०१/१० गते सम्मानित काठमाडौं जिल्ला अदालत, बबरमहलबाट पक्राउ अनुमती लिई निज शेखर गोल्छालाई आज मिति २०८३/०१/१० गते काठमाडौं जिल्ला नक्सालबाट पक्राउ गरी थप अनुसन्धान भई रहेको।’

Health Tips Ad Road Block