Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

नेकपा स्थापना दिवसः तीन प्रश्नको उत्तर खोज्न नेता विष्णु रिजालको आग्रह

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । नेकपा एमालेको केन्द्रीय सदस्य विष्णु रिजालले नेपाल कम्युनिष्ट पार्टी इतिहासकै रक्षात्मक अवस्थामा पुगेका बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को ७७ औं स्थापना दिवशका अवशरमा सामाजिक सञ्जालमा आफ्ना धारणा राख्दै रिजालले पार्टीलाई पहिलाकै अवस्थामा फर्काउन कम्तीमा तीनवटा प्रश्नको जवाफ खोज्नुपर्ने बताएका छन् ।

रिजालले २०४६ सालयता नेकपा सबैभन्दा बढी रक्षात्मक,संकटग्रस्त र बहसको अवस्थामा आएको उल्लेख गरेका छन् । एमालेका चार र तत्कालिन माओवादीका दुईजना गरी छ जना प्रधानमन्त्री बनाइसकेको पार्टी यस पटक प्रतिनिधिसभामा प्रमुख प्रतिपक्षी दलको हैसियत पनि प्राप्त नगर्नु गम्भिर चिन्ताको विषय भएको रिजालको धारणा छ । रिजालले पार्टीलाई प्रतिकुलताबाट अनुकलतामा बदल्न कम्तीमा तीनवटा प्रश्नको जवाफ खोजेर सुधारको बाटोमा लैजानु पर्ने बताएका छन् ।

रिजालका अनुसार पराजित मनोविज्ञान, भद्धा कमिटी,अव्यवस्थित संगठन प्रणाली, पुरानै चिन्तन र म बाट सुरु भएरै ममै अन्त्य हुने कार्यशैलीकै रक्षात्मक बनेको कम्युनिष्ट आन्दोलनलाई पहिलै कै अवस्थामा पुर्याउन सक्छौं भनेर जवाफ खोज्नुपर्ने छ । यसैगरी पार्टीमा सुधार,परिवर्तन र परिमाजर्नका लागि केही घोषणा गरेर नयाँ आशाको सञ्चार गर्न सक्छौं ? यस प्रश्नको पनि जवाफ खोज्नुपर्ने रिजालको भनाइ छ । रिजालले युवा पुस्ता (जेन जी)ले सुन्न,बुझ्न र अंगाल्न सक्ने पार्टीका रुपमा नेकपालाई विकास गर्न सक्छौं भन्ने प्रश्नको पनि जवाफ खोज्नुपर्ने बताएका छन् ।

‘चिन्ता मात्र होइन,चिन्तन गरौं । धेरै बिग्रीसकेको छ,केही अझै बचाउन सकिन्छ’ रिजालले कम्यूनिष्ट दर्शन उल्लेख गर्दै लेखेका छन् ‘विनाश वा विकासका लागि आन्तरिक कारण प्रधान हुन्छ , दोष अरुतिर मात्रै फर्काएर समस्याबाट मुक्त भयौं भन्दा यस भन्दा ठुलो दुर्घटनाले प्रतिक्षा गरेको हुन्छ ।’
नेपाल कम्युनिष्ट पार्टीको स्थापना २००६ साल बैशाख ९ गते अर्थात २२ अप्रिल १९४९ मा भएको थियो । यसका संस्थापक पुष्पलाल श्रेष्ठ, नरबहादुर कर्मचार्य, निरञ्जन गोविन्द बैद्य, नारायण विलास जोशी र मोतीदेवी श्रेष्ठ हुन् ।

Health Tips Ad Road Block