Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

आगामी बजेटमा सबैको सामूहिक परीक्षण हुने

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । अर्थ मन्त्रालयले पहिलोपटक सबै मन्त्रालयका मन्त्री र सचिवलाई आमन्त्रण गरेर बजेटबारे छलफल गरेको छ ।

समसामयिक आर्थिक र वित्तीय अवस्था तथा बजेट निर्माण र कार्यान्वयनका चुनौतिबारे छलफल केन्द्रित भएको थियो ।

छलफलमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालको सार्वजनिक वित्त सङ्कटको अवस्थामा रहेको सन्दर्भमा आगामी बजेटमा सबैको सामूहिक परीक्षण हुने बताए । उनले राज्यको अनिवार्य दायित्व १,३३० अर्ब र राजस्व १,१८० अर्ब रुपैयाँ रहेको अवस्थामा नागरिकका आकाक्षा सम्बोधन हुने गरी बजेट निर्माण गर्नु चुनौतीपूर्ण भनाइ राखे । अर्थमन्त्री वाग्लेले अर्थ मन्त्रालयका बाध्यता र सीमा सबै मन्त्रालयलाई जानकारी भएको र सोहीबमोजिम आ–आफ्ना मन्त्रालयका प्राथमिकता निर्धारण गरी बजेट निर्माण कार्यमा लाग्न अनुरोध गरेका थिए ।

Health Tips Ad Road Block