Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

सर्विया पठाइदिन्छु भन्दै दुई लाख रुपैयाँ लिइ फरार व्यक्ति पक्राउ

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी सर्विया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा गुल्मी धुर्कोट गाउँपालिका–३ घर भएका ३४ वर्षीय रामलाल राजवंशीलाई प्रहरीले पक्राउ गरेको छ ।

रामलालले सर्विया पठाइदिन्छु भनी १ जना पीडितबाट २ लाख रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका–१२ बाट पक्राउ गरेको हो ।

उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रहरीले जनाएको छ ।

Health Tips Ad Road Block