skip this News Page Tips Ad Road Block

घरजग्गा कारोबारमा मधेश प्रदेश अग्रस्थानमा, सबै प्रदेशमा २.५ देखि १० आना क्षेत्रफलका प्लटको कारोबार सबैभन्दा बढी

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७५८० लाई आधार वर्षको रुपमा लिई रियल स्टेट कारोवारको प्रवृत्तिसम्बन्धी तथ्याङ्क प्रकाशन थालेको छ। भूमि व्यवस्थापन तथा अभिलेख विभाग, आन्तरिक राजस्व विभाग र राष्ट्र बैंकले सङ्कलन गर्ने तथ्याङ्कका आधारमा रियल स्टेट कारोवारसम्बन्धी तथ्याङ्क त्रैमासिक रुपमा प्रकाशन गरिने केन्द्रीय बैंकले जनाएको छ ।

रियल स्टेट कारोबारको प्रवृत्तिको विश्लेषण लिखत पारितअन्तर्गत राजिनामा कारोवारको आधारमा गरिएको छ। रियल स्टेट कारोवारको सङ्ख्या, कारोवारको मूल्य, कारोबार भएको क्षेत्रफल, राजस्व सडुलन र रियल स्टेट क्षेत्रमा गएको बैंक कर्जा जस्ता तथ्याङ्कका आधारमा रियल स्टेट कारोबारको प्रवृत्ति विश्लेषण गरिएको जनाइएको छ ।

रियल स्टेट कारोबारलाई राष्ट्रियस्तरका अतिरिक्त प्रादेशिक, महानगरपालिका र उप महानगरपालिका स्तरमा समेत विश्लेषण गरिएको छ। साथै, कारोबार भएको जग्गाको क्षेत्रफललाई विभिन्न तहमा विभाजन गरी सोहीअनुरूप कारोबारको सङ्ख्या र थैली रकम तथ्याङ्कलाई प्रस्तुत गरिएको छ।

त्रैमासिक तथ्याङ्अनुसार घरजग्गा कारोबारमा मौसमी प्रवृति देखिए‌को छ। पहिलो त्रैमासमा न्यून र तेस्रो तथा चौथो त्रैमासमा रियल स्टेट कारोबार उच्च हुने देखिएको राष्ट्र बैंकले जनाएको छ।

कारोबार सङ्ख्याका आधारमा मधेश प्रदेश अग्रस्थानमा छ। त्यसपछि लुम्बिनी प्रदेश र कोशी प्रदेश रहेका छन् । कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा सबैभन्दा कम कारोबार हुने गरेको छ। कारोवार भएको जग्गाको क्षेत्रफलका आधारमा मधेश प्रदेशको हिस्सा सबैभन्दा उच्च छ। त्यसपछि कोशी प्रदेश र लुम्बिनी प्रदेश रहेका छन् ।

जग्गाको कारोबार भएको क्षेत्रफलका आधारमा मधेश प्रदेशबाहेक सबै प्रदेशमा २.५ देखि १० आना क्षेत्रफलका प्लटहरू सबैभन्दा बढी कारोबार हुने गरेको छ भने मधेश प्रदेशमा २० आनाभन्दा माथिका प्लटहरूमा बढी कारोबार देखिएको छ । घोषित मूल्य (थैली रकम) का आधारमा बागमती प्रदेश अग्रस्थानमा रहेको छ। महानगर तथा उप(महानगरपालिकामा ५ देखि १० जना क्षेत्रफलका प्लटहरू सबैभन्दा बढी कारोबार भएको देखिएको छ।
आर्थिक वर्ष २०७७/७८ देखि २०८१/८२ सम्म घरजग्गा कर्जा ७२.४१ प्रतिशत र आवासीय कर्जा ६१.५५ प्रतिशतले वृद्धि भएको छ ।

घरजग्गा क्षेत्रबाट प्राप्त सरकारी राजस्व आर्थिक वर्ष २०७८/७९ को पहिलो त्रयमासमा रु.२३.७अर्बसम्म पुगेको थियो । त्यसपछि घट्‌दै २०७८/८० को पहिलो त्रैमासमा रु.८.२ अर्बमा झरेको र पछिल्लो अवधिमा पुनः सुधार भई २०८१/८२ मा करिव रु.१५ अर्बसम्म पुगेको छ ।

रियल स्टेट कारोबारसम्बन्धी यस प्रकृक्तिको तथ्याङ्गबाट रियल स्टेट क्षेत्रको गतिविधि आकलन गर्न सहयोग पुग्ने विश्वास लिइएको छ। उपर्युक्त तथ्याङका आधारमा घरजग्गा मूल्य सूचकाङ्क निर्माण तथा प्रकाशन गर्ने दोस्रो चरणको तयारीसमेत राष्ट्र बैंकले गरिरहेको जनाएको छ।

Health Tips Ad Road Block