skip this News Page Tips Ad Road Block

अनलाइनमा जुवा खेलाएर ३१ करोडभन्दा बढीको कारोबार गर्ने ९ जना सट्टेबाजहरु पक्राउ

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । अनलाइन जुवा (सट्टेबाजी) खेलाउने कार्यमा संलग्न रहेको अभियोगमा ३ जना भारतीय नागरिक र ६ जना नेपाली नागरिक गरी ९ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।

ललितपुरका विभिन्न स्थानमा अवैध रूपमा अनलाइन जुवा खेलाउने कार्य भइरहेको भन्ने सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले ललितपुर महानगरपालिका२३ हात्तिवनस्थित सिटी स्केप अपार्टमेन्टबाट उक्त कार्यमा संलग्न उनीहरूलाई पक्राउ गरेको हो । साथै प्रहरीले उनीहरूको साथबाट ल्यापटप ८ थान, मोबाइल २४ थान, विभिन्न कम्पनीका भारतीय र नेपाली सिम कार्ड ३१ थान र क्याल्कुलेटर ३ थान समेत बरामद गरेको छ । उनीहरूले ३१ करोड २४ लाख ३४ हजार ९ सय २० रूपैयाँ ३२ पैसा बराबरको अनलाइन जुवा कारोबार गरेको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको छ ।

उनीहरूलाई जुवा खेल्न वा सट्टेबाजी गर्न नहुने कसुरमा आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर ललितपुर पठाइएको प्रहरीले जानकारी दिएको छ ।

Health Tips Ad Road Block