काठमाडाैं । कम्प्यूटर एशोसिएशन नेपाल महासंघ (क्यान महासंघ) प्रदेश तथा जिल्ला शशक्तिकरण समितिको आयोजना र साईवर सेक्युरिटी समिति, वोमेन इन आईटी समिति, एआईइन सोसाइटी समिति र बीएफआई समितिका सह–आयोजनामा क्यानका प्रदेश एबं जिल्लामा सूचना प्रबिधिका श्रोत व्यक्ति उत्पादन गर्ने उदेस्यले ७ प्रदेशका ६२ भन्दा बढी जिल्लाशाखाबाट करिब २०० जनाको सहभागिता सहित जूम अनलाइन मार्फत ICT Skill Enhancement Training Program सुरू भएकाे छ । कार्यकमको अध्यक्षता क्यान महासंघका केन्द्रिय अध्यक्ष सुनैना घिमिरे पाण्डेज्यूले गरेकी थिइन् भने नेपाल सरकार, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव आदेश खड्काको प्रमुख आतिथ्य रहेकाे थियाे ।
कार्यकममा क्यान महासंघका संस्थापक अध्यक्ष डा. विमल कुमार शर्मा, पूर्व अध्यक्ष विप्लबमान सिंह, पूर्व अध्यक्ष सुरेश कर्ण, नि.वर्तमान अध्यक्ष रणजित पोद्दारका साथै क्यान महासंघका केन्द्रिय पदाधिकारी तथा सदस्यहरु, क्यान महासंघका ७ वटै प्रदेशका अध्यक्षहरु तथा पदाधिकारीहरु र देशै भरिका जिल्ला अध्यक्षहरु तथा कार्यसमिति, पत्रकारहरु एवं तालिमका प्रशिक्षार्थीहरुको उपस्थिति रहेको थियो ।
यस कार्यक्रमको बारेमा नेपाल सरकार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव आदेश खड्काले नेपाल सरकारलाई डिजिटल नेपाल फ्रेमवर्क अवधारणा लिई कसरी नेपाल अधिराज्य भर जान सकिन्छ भन्ने जिज्ञासालाई यस क्यान महासंघले मेटाएको छ । साथै देशभरका जिल्लाहरुमा आइसिटि प्रोग्रामहरु संचालन नेपाल सरकारलाई पनि क्यान महासंघको रास्ट्रिय नेटवर्क उपयुक्त हुने धारणा राख्दै आयोजक टिमलाई धेरै धेरै धन्यवाद तथा तालिममा सहभागीहरुलाई सफलताको शुभकामना दिए ।
क्यान महासंघ प्रदेश तथा जिल्ला शशक्तिकरण समितिका संयोजक एवं केन्द्रिय उपाध्यक्ष शेखर नाथ दुलालले यस कार्यक्रममा उपस्थित सम्पूर्णहरुलाई स्वागत एवं कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै चैत २४ गते बाट १ हप्ता सम्म ४ वटा सूचना प्रविधिका शिर्षकमा संचालन हुने तालिमले जिल्ला जिल्लामा करिब २०० भन्दा बढी आइसीटिका बौद्धिक जनशक्ति उत्पादन गर्नुका साथै प्रदेश र जिल्लाशाखा थप सबल र सक्षम हुनुका बन्ने र यो जनशक्तिलाइ भरपुर सदुपयोग गरि नेपाल सरकारले पनि आवस्यक लाभ लिन सकिनेछ भन्ने धारणा राखे ।
क्यान महासंघका संस्थापक अधक्ष्य डा. विमल कुमार शर्माले महासंघले आयोजनामा गरेको यस्ता बौद्धिक तालिमले क्यानलाई थप मजबुत र बलियो बलियो बनाउने छ भन्दै तालिम सफलताको शुभकामना व्यक्त गरे ।
७ दिनसम्म संचालन हुने तालिमका सामग्रीको प्राबिधिक विषयमा संक्षिप्त जानकारी गराउने क्रममा क्यान महासंघ केन्द्रिय सचिव, वोमेन इन आटी समितिका संयोजक एवं सूचना प्रबिधि विज्ञ सरिता न्यौपानेले Digital Literacy and Internet Basics शिर्षकमा, क्यान महासंघ केन्द्रिय सदस्य एआई इन सोसाइटी समितिका संयोजक एवं सूचना प्रबिधि विज्ञ हेमपाल श्रेष्ठले Introduction to AI and Emerging Technology शिर्षकमा, क्यान महासंघ केन्द्रिय सदस्य, साइबर सेक्युरिटी समितिका संयोजक एवं सूचना प्रबिधि विज्ञ मोना न्याछ्यों श्रेष्ठले Cybersecurity and Online Safety शिर्षकमा र क्यान महासंघ केन्द्रिय सदस्य, बीएफआई समितिका संयोजक एवं सूचना प्रबिधि विज्ञ वन्दना शर्माले Digital Marketing and Creativity शिर्षकमा र क्यानका ब्यवस्थापक उदिप बरालले माइक्रोसफ्ट टिम्सको बारेमा कार्यपत्र प्रस्तुत गरे ।
क्यान महासंघ कन्द्रिय अध्यक्ष सुनैना घिमिरे पाण्डेले धन्यवाद ज्ञापन गर्ने क्रममा कार्यक्रममा तालिमका आयोजक समिति, सहआयोजक समितिहरुलाई र सम्पूर्णलाइ धन्यविद दिँदै कार्यक्रमले क्यान महासंघ अझ उचाईमा जाने तथा आउँदो प्रविधि दिवसमा नेपाल सरकार र क्यान महासंघद्वारा हातेमालो गरी ७ प्रदेश तथा ७७ वटै जिल्लामा भव्य रुपमा आइसिटि कार्यक्रम संचालन गर्न सकिने धारणा व्यक्त गरिन् ।





















