skip this News Page Tips Ad Road Block

धादिङको गजुरी गाउँपालिकाका अध्यक्ष श्रेष्ठको गाडी अब नागरिकले निशुल्क चढ्न पाउने, सदरमुकामसम्म आउन/जान सकिने

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । धादिङको गजुरी गाउँपालिकाका अध्यक्ष गणेशलाल श्रेष्ठले चढ्ने स्कार्पियो गाडी अब त्यहाँका नागरिकले निशुल्क चढ्न पाउने भएका छन् । सर्वसाधारणले नागरिकता बनाउन सदरमुकाम धादिङबेसीसम्म जानुपरेमा गजुरी गाउँपालिका अन्तर्गत पृश्वि राजमार्गसम्म आइपुग्नेहरुलाई हरेक सोमबार निशुल्क अध्यक्षको गाडीमार्फत आउने/जाने सेवा उपलब्ध हुने भएको हो । एक सूचना जारी गर्दै गाउँपालिकाले यसबारे जानकारी दिएको छ ।

यो सेवा रागमार्गअन्तर्गत वेल्खुदेखि फुर्केखोलाको विभिन्न स्थानबाट गाडीमा चढ्ने नागरिकका लागि प्रदान हुनेछ । सेवा लिनेले हरेक आइतबारसम्ममा नाम टिपाइसक्नुपर्नेछ ।

यस्तो छ गजुरी गाउँपालिकाले सार्वजनिक गरेको सूचना

निःशुल्क यातायात सेवा सम्बन्धी सूचना !

आदरणीय गजुरीबासी आमा, बुवा, दाजुभाई तथा दिदीबहिनीहरु, इन्धन आपूर्ति प्रणालीमा देखिएको समस्याबाट पर्न गएको प्रभावलाई मध्यनजर गरी गजुरी गाउँपालिकाले प्रत्येक हप्ताको सोमबार १ दिन यस गाउँपालिकाबाट नागरिकता बनाउनका लागि जिल्ला प्रशासन कार्यालय धादिङमा जाने पालिकाबासीहरुलाई सहजता प्रदान गर्ने उदेश्यसहित सेवा प्रारम्भ गर्न लागेको हुँदा गाउँबाट हाइवे/बजारसम्म झरेपश्चात वेल्खुदेखि फुर्केखोलाको विभिन्न स्थानबाट गाडीमा चढ्नुहुने नागरिकको लागि धादिङ जिल्ला प्रशासन कार्यालयसम्म लाने र ल्याउने व्यवस्था गरिने भएको हुँदा गाउँपालिकाको अध्यक्षज्यूले प्रयोग गर्ने गाडी नं. BAB 3111 को स्कार्पियो गाडी प्रयोगमा रहेकोले उपयुक्त सेवा लिनुहुन हार्दिक अनुरोध गर्दछु । साथै सेवाका लिनका लागि आइतबार बेलुकासम्म सम्पर्क गरी नाम टिपाउनुहुन अनुरोध गरिन्छ । धन्यवाद !

सम्पर्कका लागि पालिकाका सुमन लो तामाङको नाम सार्वजनिक गरिएको छ । उनको सम्पर्क नंम्बर ९८६९३५१३४५ रहेको छ ।

Health Tips Ad Road Block