Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

महिलाहरूमा बीमाको आवश्यकता र महत्वबारे नेपाल बीमा प्राधिकरणको अन्तक्रिया सम्पन्न

Citizenlife ad 2082 falgun to baishak 2083

विराटनगर । नेपाल बीमा प्राधिकरण कोशी प्रदेश कार्यालयको आयोजनामा विराटनगरका स्थानीय महिला समूहसँग शनिबार बीमासम्बन्धी छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ । महिलाहरूमा बीमाको आवश्यकता र महत्वबारे जनचेतना अभिवृद्धि गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रममा नेपाल बीमा प्राधिकरण कोशी प्रदेश कार्यालय प्रमुख प्रिती देवले जीवन बीमा, स्वास्थ्य बीमा, कृषि बीमा लगायतका बीमाका प्रकारहरूबारे जानकारी गराएका थिए । उनले विपद्, दुर्घटना तथा आकस्मिक आर्थिक जोखिमबाट जोगिन बीमा प्रभावकारी माध्यम भएको उल्लेख गर्दै बीमाको महत्व प्रक्रिया र दावी प्रक्रियाका विषयमा उपस्थित महिलाहरुलाई जानकारी दिएका थिए ।

अन्तरक्रिया सत्रमा सहभागी महिलाहरूले बीमासम्बन्धी बीमा पछि रोग लाग्यो भने पाउने सुविधा , बीमा गर्नुपर्ने व्याक्ति रोगी छ भने बीमा हुन्छ कि हुँदैन , पि आई डि को सुविधा कसरी र समूहमा बीमा कुन कुन गर्न सकिन्छ लागायतको विषयमाआफ्ना जिज्ञासा राखेका थिए । सो कार्यक्रममा विशेषगरी ग्रामीण क्षेत्रमा बीमा सेवाको पहुँच, प्रक्रिया तथा विश्वासको विषयमा प्रश्नहरू उठाइएको थियो । प्राधिकरणकी कोशी प्रदेश प्रमुख प्रिती देवले सहभागीबाट आएको जिज्ञासाको जवाफ दिँदै बीमा प्रक्रियालाई सहज र पहुँचयोग्य बनाउने प्रयास भइरहेको जानकारी गराए । उनले विपद् तथा स्वास्थ्य समस्याका समयमा बीमाले आर्थिक सहारा दिने गरेको बताउँदै हामीले आर्जन गरेको केही बचतबाट बीमा गर्न आवश्यक रहेको औँलाए । उनले महिला समूहहरूलाई समूहगतरूपमा बीमा योजना अपनाउन र समुदायस्तरमा सचेतना फैलाउन आग्रह समेत आग्रह गरिएको थियो ।

कार्यक्रममा करिव ६० जना महिलाहरुको सहभागिता रहेको थियो ।

Health Tips Ad Road Block