Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

वाई–फाई नेपालको “अपग्रेड अफर” : १०० एमबीपीएसको इन्टरनेटमा अपग्रेड गरी डुअल राउटर र केपीआइ हेलमेट पाइने

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौँ, नेपाल । नेपालकै सस्तो र भरपर्दो फाइबर इन्टरनेट सेवा प्रदायक “वाई-फाई नेपाल” ले ईन्टरनेट अनुभवलाई थप स्तरीय बनाउन “अपग्रेड अफर” सार्वजनिक गरेको छ। यस अफरमार्फत प्रयोगकर्ताहरूलाई अझ उच्च गति र थप सुविधासहितको इन्टरनेट सेवा प्रदान गर्ने उद्देश्य राखिएको छ।

यस क्याम्पेनअन्तर्गत हालको प्रयोगकर्ताहरूले आफ्नो इन्टरनेट प्याकेजलाई १०० Mbps को इन्टरनेटमा अपग्रेड गर्न सक्नेछन्, जसले गर्दा सहज स्ट्रिमिङ, छिटो डाउनलोड र काम तथा मनोरञ्जनका लागि उत्कृष्ट इन्टरनेट अनुभव प्राप्त हुने कम्पनीकाे भनाइ छ। यो विशेष अफर ६ महिना, १२ महिना र २४ महिनाका सबै इन्टरनेट प्याकेजहरूमा उपलब्ध हुने कम्पनीकाे भनाइ छ।

यस अपग्रेड प्याकेज अन्तर्गत ग्राहकहरूले निःशुल्क Dual Band Router प्राप्त गर्नेछन्, जसले अझ बलियो सिग्नल कभरेज, स्थिर कनेक्टिभिटी र एकै समयमा धेरै उपकरणहरूमा उत्कृष्ट इन्टरनेट प्रदर्शन सुनिश्चित गर्नेछ। साथै विशेष सहकार्यअन्तर्गत ग्राहकहरूले निःशुल्क KPI Helmet पनि प्राप्त गर्नेछन्।

कम्पनीका अनुसार ‘अपग्रेड अफर’ ग्राहकहरूलाई अझ बढी गति, थप सुविधा र उत्कृष्ट इन्टरनेट अनुभव प्रदान गर्ने लक्ष्यका साथ तयार गरिएको हो।

यो अपग्रेड अफर सीमित अवधिका लागि मात्र उपलब्ध हुने कम्पनीकाे भनाइ छ।

Health Tips Ad Road Block