काठमाडौं । गत फागुन २१ गते सम्पन्न प्रतिनिधि सभाको निर्वाचनको पहिलाे बैठक आज बस्दैछ । त्यसैले आजदेखि संघीय संसदको बैठक बस्दैछ ।
राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम मिति २०८२ साल चैत १९ गते बिहीबार(आज) दिनको २ बजे सङ्घीय संसद्को दुवै सदनको अधिवेशन आह्वान गरेका छन् ।
बैठक निर्माणाधीन सङ्घीय संसद् भवनको स्थान सङ्घीय संसद् सचिवालयस्थित राष्ट्रिय सभा कक्ष, सिंहदरबार र बहुउद्देश्यीय कक्ष, सिंहदरबारमा बस्नेछ ।
प्रतिनिधि सभाको पहिलो बैठकमा राष्ट्रपतिबाट अधिवेशन आह्वानको पत्र पढेर सुनाइने छ । यस्तै बैठकमा मन्त्रीपरिषद् गठन र कार्यभार तोकिएको जानकारीपत्र पनि पढेर सुनाइने छ । राष्ट्रपति कार्यालयबाट प्राप्त उक्त पत्र सभालाई जानकारी गराइने छ । प्रतिनिधि सभा नियमावली तर्जुमा नहुँदासम्म यसअघिकै नियमावलीबमोजिम कामकारबाही अघि बढाउने प्रस्ताव पनि सभाले स्वीकृत गर्ने सम्भावित कार्यसूची रहेको छ । यस्तै सभामुख/उपसभामुखको अनुपस्थितिमा बैठक सञ्चालनका लागि अध्यक्ष मण्डलका सदस्यहरूको मनोनयनको कार्यसूचीसमेत रहेको छ ।




















