skip this News Page Tips Ad Road Block

आगामी आर्थिक वर्षको बजेट मार्गदर्शन अनुरुप बजेट लेखन अगाडि बढाइँदै

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौँ । आगामी आर्थिक वर्ष २०८३/८४ का लागि अर्थ मन्त्रालयले बजेट मार्गदर्शन तयार पारेको छ । आगामी जेठ १५ मा संसदमा बजेट प्रस्तुत गर्नुपर्ने सरकारको संवैधानिक दायित्वअनुसार मन्त्रालयले मार्गदर्शन तयार गरी सबै सम्बन्धित मन्त्रालयहरूलाई पठाइसकेको सहसचिव टंकप्रसाद पाण्डेयले जानकारी दिएका छन् । सहसचिव पाण्डेयका अनुसार आगामी वर्षको बजेटमा मुख्यतः आर्थिक अनुशासन र खर्चमा मितव्ययितामा जोड दिइनेछ । मन्त्रालयहरूले आयोजना प्रस्ताव गर्दा तयारी पूरा भएका आयोजना, तत्काल ठेक्का पट्टामा जान सकिने आयोजना र प्रोजेक्ट बैंकमा सूचीकृत आयोजना मात्र बजेटमा समावेश गर्ने गरी मार्गदर्शन तयार गरिएको छ ।

सहसचिव पाण्डेयले भने, “बजेट तयारीका लागि मार्गदर्शन तयार गरेका छौं। आगामी आर्थिक वर्षको बजेटले लिनुपर्ने प्राथमिकताका विषयवस्तु समेटिएको छ । मन्त्रालयहरूले आयोजनाहरूमा बजेट प्रस्ताव गर्दा सतर्क र संवेदनशील हुन आवश्यक छ । स्रोत अनुमान समितिले राजश्व र वैदेशिक सहयोगको आकलन गरी स्रोत निर्धारण गरेको छ र मन्त्रालयहरूलाई सिलिङ पठाइसकिएको छ। गत वर्षको तुलनामा यस वर्ष कम सिलिङ प्रस्ताव गरिएको छ। नयाँ सरकारको प्राथमिकता र राजस्व वाचापत्रका विषयहरू आगामी बजेटमा सम्बोधन हुनेछ ।”

योजना आयोगका उपाध्यक्ष नेतृत्वको स्रोत अनुमान समितिले विभिन्न विश्लेषणपछि स्रोत अनुमान प्रतिवेदन पेश गरेको र सोहीअनुसार बजेट लेखनको कार्य अघि बढ्न लागेको बताइएको छ ।

Health Tips Ad Road Block