skip this News Page Tips Ad Road Block

प्रशारण लाइन निर्माणमा अब निजी क्षेत्र

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौँ । विद्युत् उत्पादनमा उल्लेख्य भूमिका निर्वाह गरेका नेपालका निजी क्षेत्रले पनि अब प्रसारण लाइनका क्षेत्रमा आफ्नै लगानी र नेतृत्वमा निर्माण तथा सञ्चालन गर्ने भएका छन् । यसका लागि निजी क्षेत्रलाई चार वटा प्रसारण लाइन निर्माण तथा सञ्चालनसमेत गर्ने गरी नेपाल विद्युत् प्राधिकरणले आशयपत्र माग गरेको छ । प्राधिकरणले गत फागुन २८ गते विभिन्न चार प्रसारण लाइन निर्माणका लागि आशयपत्र मागेको हो । प्राधिकरणले स्वदेशी तथा विदेशी प्रसारण लाइन सेवाप्रदायकले निर्माण स्वामित्व, सञ्चालन र हस्तान्तरण (बुट) मोडेलमा बनाउने गरी आशयपत्र मागेको हो ।

आशयपत्र मागिएका आयोजनामा चार सय केभी डबल सर्किट क्षमताको शीतलपाटी–इनरुवा ९५ किलोमिटर र तिङ्ला–न्यु खिम्ती–सुनकोशी हब–ढल्केबर प्रसारण लाइन १३४ किलोमिटर प्रसारण लाइन छन् । यस्तै १३२ केभी क्षमताका डाँडाखेत–बुर्तिबाङ ३३ किलोमिटर र रिडी–तम्घास २८ किलोमिटर लामो प्रसारण लाइन पनि यही मोडलमा विकास गर्न आशयपत्र मागिएको छ । प्रसारण लाइन संरचना निर्माणमा ठुलो लगानी आवश्यक पर्ने र सरकारी स्रोतबाट मात्र अब यो सम्भव नहुने भएकाले पनि सरकारले प्रसारण लाइन निर्माणमा निजी क्षेत्रलाई अग्रसर बनाउन लागेको जनाएको छ ।

Health Tips Ad Road Block