skip this News Page Tips Ad Road Block

नवनिर्वाचित सांसदको सपथ आज गराइँदै

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौँ । आज प्रतिनिधि सभाका नवनिर्वाचित सांसदहरुलाई सपथ गराइँदैछ । प्रतिनिधि सभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले प्रतिनिधि सभाका नवनिर्वाचित २७४ जना सदस्यलाई पद तथा गोपनीयताको शपथ गराउने भएका छन् । उनले सभाको ज्येष्ठ सदस्यको हैसियतमा बुधबार राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथग्रहण गरिसकेका छन् ।

नवनिर्वाचित सांसदहरुको आज दिउँसो २ बजे निर्माणाधीन सङ्घीय संसद् भवनको बहुउद्देश्यीय सभाकक्ष, सिंहदरबारमा शपथग्रहण हुनेछ । त्यसका लागि सांसदहरु दुई घण्टा अगावै सिंहदरबार पुग्नुपर्नेछ ।

नवनिर्वाचित सदस्यको विवरण सङ्कलन गर्नुपर्ने हुँदा निर्वाचित भएको प्रमाणपत्रको प्रतिलिपि, दुई प्रति फोटो, नागरिकता प्रमाणपत्रको प्रतिलिपि बुझाउनुपर्ने हुन्छ । सचिवालयले अभिलेख व्यवस्थापन गर्न नवनिर्वाचित सदस्यलाई उपलब्ध गराएको आवेदन भर्नुपर्ने, बैङ्क खाता र व्यक्तिगत सम्पर्क नम्बर संसद् सचिवालयको सांसद सुविधा व्यवस्थापन शाखामा बुझाउन आग्रह गरेको छ ।

Health Tips Ad Road Block