Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

‘स्थिर सरकार युगको आवश्यकता’ भन्ने मूल मन्त्रका साथ मेची–महाकाली राष्ट्रिय पैदलयात्रा सम्पन्न

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । लेखक तथा स्वतन्त्र अभियन्ता (पशुपालन व्यवसायी) विजय कुमार शर्माले मेची–महाकाली राष्ट्रिय पैदलयात्रा सम्पन्न सम्पन्न गरेका छन् । स्वतन्त्र नागरिकको हैसियतमा ‘स्थिर सरकार युगको आवश्यकता’ भन्ने मूल मन्त्रका साथ मेचीदेखि महाकालीसम्मको राष्ट्रिय यात्रा सम्पन्न गरेको उनले काठमाडौंमा एक कार्यक्रम गरी जानकारी दिएका छन् ।

उनी भन्छन्, ‘आज हाम्रो मुलुक इतिहासको एउटा अत्यन्तै निर्णायक मोडमा उभिएको छ । नेपाली जनमतले अस्थिरताको कुहिरोलाई चिर्दै स्थिरताको पक्षमा आफ्नो स्पष्ट फैसला सुनाइसकेको छ । करिब दुई तिहाइको बहुमतसहितको शक्तिशाली सरकार निर्माणको संघारमा मुलुक उभिएको यस घडीमा म एक स्वतन्त्र नागरिकको हैसियतमा स्थिर सरकार युगको आवश्यकता भन्ने मूल मन्त्रका साथ मेचीदेखि महाकाली सम्मको राष्ट्रिय पदयात्रा सम्पन्न गरेको छु । विगत लामो समयदेखि सरकार फेरबदलको चक्रव्यूहमा फसेको हाम्रो देशले अब स्थिर शासनको श्वास फेर्न पाउने आशा पलाएको छ। मेरो यो यात्रा विजय उत्सव होइन, बरु जनमतको कदर र राज्यलाई आफ्नो जिम्मेवारीप्रति सजग गराउने एउटा शान्तिपूर्ण खबरदारी हो। हिजो हामीले किन सरकार अस्थिर भयो ? भनी प्रश्न गरेका थियौँ भने, आज हाम्रो काँधमा यो स्थिरतालाई कसरी समृद्धिको मार्गमा लैजाने ? भन्ने गम्भीर प्रश्न छ ।’

उनी थप्दै भन्छन्, ‘म दृढताका साथ भन्न चाहन्छु । राजनीतिक स्थिरता केवल अंकगणित मात्र होइन, यो त भोको पेटका लागि रोटी, नाङ्गो आङका लागि लुगा र नेपाली माटोमा समृद्धिका मुनाहरू अंकुरण हुने वातावरण हो । अब सिंहदरबारको स्थिरताले गाउँका झुपडीसम्म विकासको उज्यालो र ओठमा मुस्कान छर्नुपर्छ । युवाको श्रम खाडीको तातो बालुवामा होइन, आफ्नै देशको माटोमा पसिना बनेर बग्नुपर्छ र उद्यमशीलताको नयाँ बिहानी आरम्भ हुनुपर्छ ।’

उनले आफ्नो पैदल यात्रा कुनै राजनीतिक पार्टीको पक्ष वा विपक्षमा लक्षित नभइ लोकतन्त्रको सुदृढीकरण र आम नागरिकको भरोसालाई मर्न नदिने एउटा पवित्र संकल्प भएका बताएका छन् । उनी निरन्तर दबाब दिने उल्लेख गर्दै भन्छन्, ‘म लेखक र पशुपालन व्यवसायीका रूपमा पसिनाको मूल्य बुझ्ने मान्छे महाकाली किनारसम्म पुग्दा, म प्रत्येक नेपालीका समृद्धिका सपनाहरू संकलन गरेर आएको छु। त्यसैले झापाको मेची बगरदेखि कञ्चनपुरको सपनालाई साकार पार्न नयाँ सरकारलाई रचनात्मक दबाव दिइरहनेछु । देश अब राजनितीक गफमा र आश्वासनमा होइन, साँच्चिकै परिणाममा चल्नुपर्छ । यो पदयात्रा मेरो व्यक्तिगत स्वार्थका लागि होइन, बरु सचेत नागरिकहरूको सामूहिक आवाज बनेर राष्ट्र निर्माणको महाअभियानमा एउटा इंटा थप्नका लागि हो।’

Health Tips Ad Road Block