Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

ओप्पोको नयाँ वर्ष लक्षित “ओप्पो नयाँ वर्ष, नयाँ उमङ्ग” अभियान, बम्पर पुरस्कारस्वरूप रोयल इन्फिल्ड हन्टर ३५० जित्ने अवसर

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । विश्वव्यापी स्मार्टफोन ब्रान्ड ओप्पोले आगामी नेपाली नयाँ वर्षलाई लक्षित गर्दै “ओप्पो नयाँ वर्ष, नयाँ उमङ्ग” अभियान सार्वजनिक गरेको छ । यस अभियानमार्फत देशभरका ग्राहकलाई साप्ताहिक रूपमा आकर्षक पुरस्कार जित्ने अवसर प्रदान गरिनुका साथै बम्पर पुरस्कार पनि प्रदान गरिनेछ ।

नेपाली नयाँ वर्षलाई स्वागत गर्दै सञ्चालन गरिएको यो अभियान चार हप्तासम्म चल्नेछ । अभियान अवधिमा ओप्पो स्मार्टफोन खरिद गर्ने ग्राहकहरूले लक्की ड्रमा सहभागी भई विभिन्न आकर्षक पुरस्कार जित्ने अवसर पाउनेछन्, । यस अभियानको उद्देश्य चाडपर्वको उत्साहलाई अझ बढाउनुका साथै ब्रान्डप्रति ग्राहकहरूले देखाउँदै आएको निरन्तर विश्वास र समर्थनप्रति आभार व्यक्त गर्नु रहेको कम्पनीले जनाएको छ ।

अभियान अवधिभर प्रत्येक हप्ता एक जना भाग्यशाली ग्राहकलाई साप्ताहिक लक्की ड्र मार्फत ओप्पो ए ६ स्मार्टफोन प्रदान गरिनेछ । लक्की ड्र तालिका अनुसार पहिलो हप्ता चैत ८ (आइतबार), दोस्रो हप्ता चैत १५ (आइतबार), तेस्रो हप्ता चैत २२ (आइतबार) र चौथो हप्ता चैत २९ (आइतबार) मा लक्की ड्र सञ्चालन हुनेछ, जसअन्तर्गत प्रत्येक हप्ता एक–एक वटा ओप्पो ए६ स्मार्टफोन प्रदान गरिनेछ ।

पारदर्शिता कायम राख्न तथा जनविश्वास सुनिश्चित गर्न लक्की ड्र कम्पनीका आधिकारिक सामाजिक सञ्जाल प्लेफर्महरु मार्फत भिडियो लटरी प्रणालीद्धारा सञ्चालन गरिनेछ । विजेता छनोट प्रक्रिया सार्वजनिक रुपमा साझा गरिनेछ, जसबाट ग्राहकहरुले विजेता कसरी छनोट गरिन्छ भन्ने स्पष्ट रुपमा अवलोकन गर्न सक्नेछन् ।

उक्त अभियानको समापन नेपाली नयाँ वर्षको अवसरमा चैत ३० मा आयोजना हुने बम्पर ड्रसँगै हुनेछ । यस बम्पर ड्रमार्फत एक जना भाग्यशाली विजेताले रोयल इन्फिल्ड हन्टर ३५० मोटरसाइकल प्राप्त गर्नेछन्, जसले नयाँ वर्षको उत्सवलाई अझ विशेष र स्मरणीय बनाउनेछ ।

ओप्पो नेपालका अनुसार नेपाली नयाँ वर्ष नविनता, उत्सव र नयाँ सुरुवातको प्रतीक हो । “ओप्पो नयाँ वर्ष, नयाँ उमङ्ग” अभियानमार्फत कम्पनीले आफ्ना ग्राहकसँग उत्सवको खुशी साटासाट गर्न, अविस्मरणीय अनुभव सिर्जना गर्न तथा उनीहरूको निरन्तर समर्थनप्रति धन्यवाद व्यक्त गर्न चाहेको जनाएको छ ।

ओप्पोको बारेमाः

ओप्पो एक अग्रणी विश्वव्यापी स्मार्ट डिभाइस ब्रान्ड हो, जुन आफ्ना नवप्रवर्तनशील स्मार्टफोन, उन्नत क्यामेरा प्रविधि तथा प्रिमियम डिजाइनका लागि परिचित छ । नेपालमा सशक्त उपस्थिति कायम गर्दै ओप्पोले लाखौँ प्रयोगकर्ताको दैनिक डिजिटल अनुभवलाई अझ सहज र समृद्ध बनाउने अत्याधुनिक उपकरण तथा सेवाहरू प्रदान गर्दै आएको छ । “ओप्पो नयाँ वर्ष, नयाँ उमङ्ग” अभियानमार्फत ओप्पोले नेपालभरका ग्राहकहरूलाई नयाँ वर्ष उत्साहका साथ मनाउन, आकर्षक पुरस्कारहरूको आनन्द लिन र नयाँ सुरुवातलाई खुशी तथा उत्साहका साथ स्वागत गर्न आमन्त्रण गरेको छ ।

Health Tips Ad Road Block