Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

आगामी चुनाव जनमत संग्रह पनि होः एमाले अध्यक्ष ओली

Citizenlife ad 2082 falgun to baishak 2083

दमक । पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचन साधारण चुनाव मात्र नभएर जनमत संग्रह समेत रहेको बताएका छन्उर । यो निर्वाचनले राष्ट्रवादी र राष्ट्रविरोधी कित्ताको निर्क्यौल गर्ने भएकाले यसलाई जनमत संग्रहको रुपमा लिनु पर्ने उनले बताएका छन् ।

फागुन २१ को प्रतिनिधि सभा निर्वाचन नजिकिँदै गएका बेला पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आफ्‌नो निर्वाचन क्षेत्र झापा ५ का मतदाताहरुसँग साक्षात्कार गरिरहँदा उक्त भनाइ राखेका हुन् । यसैक्रममा दमक १ मा भएको कार्यक्रममा उनले आगामी निर्वाचनलाई साधारण चुनाव मात्र नभई जनमत संग्रहको रुपमा लिनु पर्ने बताएका हुन् ।

उनले यो निर्वाचनबाट जनताले राष्ट्रवादी र राष्ट्रविरोधी कित्ताको निर्क्यौल गर्ने ठोकुवा गरे । देशलाई अस्तव्यस्तामा धकेलेर अस्थिरता निम्त्याउन खोज्नेहरु सक्रिय हुन खोजेको भन्दै एमाले अध्यक्ष ओलीले आगामी चुनावबाट त्यस्तालाई सधैंका लागि थान्को लगाउनुपर्ने पनि बताए ।

नेपाललाई विदेशीको परेड खेल्ने स्थल हुनबाट जोगाउन समेत आगामी निर्वाचनबाट राष्ट्रवादी शक्तिको जीत जरुरी रहेको भन्दै उनले राष्ट्रवादी शक्तिको नेतृत्व एमालेले गरि रहेको दाबी समेत गरे ।

Health Tips Ad Road Block