skip this News Page Tips Ad Road Block

नेपाल बैंक र एभरेष्ट हस्पिटलबीच उपचार सेवामा छुट सम्झौता

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडमा खाता रहेका ग्राहकहरू, बैंकमा कार्यरत कर्मचारीहरु र कर्मचारीका परिवारहरुलाई काठमाडौँ नयाँ वानेश्वरमा रहेको एभरेष्ट हस्पिटल प्रालिमा उपचार गर्दा लाग्ने शुल्कमा विशेष छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ ।

सम्झौता बमोजिम नेपाल बैंक लिमिटेडमा खाता रहेका ग्राहकहरू, बैंकमा कार्यरत कर्मचारीहरु र कर्मचारीका परिवारहरुलाई अस्पतालको विविध उपचार सेवामा लाग्ने शुल्कहरूमा बिल रकमको ५ देखि २० प्रतिशत छुट हुने व्यवस्था गरिएको छ।

सो सम्झौता पत्रमा बैंकको तर्फबाट प्रमुख वित्त अधिकृत दीपेन्द्र राज काफ्‌ले र एभरेष्ट हस्पिटल प्रालिको तर्फबाट सञ्चलाक समितिका सदस्य सैलेन्द्र महासेठले हस्ताक्षर गरे । यसबाट नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरू, कर्मचारीका परिवारहरु तथा बैंकमा खाता रहेका ग्राहकहरूले एभरेष्ट हस्पिटल प्रालिद्वारा प्रदान गरिने सहुलियतपूर्ण स्वास्थ्यसेवाबाट लाभान्वित हुने भएका छन् ।

Health Tips Ad Road Block