Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

दिगो विकासका लक्ष्य भेट्ने कार्ययोजना निर्माण

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौँ । राष्ट्रिय योजना आयोगले १६ औँ पञ्चवर्षीय योजना (आर्थिक वर्ष २०८१/८२–२०८५/८६) लाई प्रभावकारी बनाउन र लक्ष्य पूरा गर्न प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा विशेष कार्ययोजना (एक्सन प्लान) पेस गरेको छ । यो कार्ययोजनाले मुलुकलाई अति कम विकसित मुलुक (लिस्ट डेभलपमेन्ट कन्ट्री) बाट स्तरोन्नति गर्न र दिगो विकासका लक्ष्य (सस्टेनेबल डेभलपमेन्ट गोल) हासिल गर्न ठोस आधार तयार गर्ने अपेक्षा गर्नुका साथै कागजमा सीमित लक्ष्यलाई वास्तविकतामा बदल्न र विकास प्रक्रियालाई गति दिन मद्दत गर्ने विश्वास लिइएको आयोगको भनाइ छ ।

आयोगका उपाध्यक्ष डा. प्रकाशकुमार श्रेष्ठले अधिकांश विषयगत रूपमा रहेका १६ औँ पञ्चवर्षीय योजनालई कार्यान्वयनयोग्य बनाई योजनाका लक्ष्य पूरा गर्न आयोगले स्वीकृतिका लागि प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा पेस गरेको बताएका छन् । । उनले यस कार्ययोजनाले १६ औँ पञ्चवर्षीय योजनाका लक्ष्य, आयोजनाको छनोट, बजेट व्यवस्थापन, अनुगमन र मूल्याङ्कनलाई बढी नतिजामुखी र व्यावहारिक बनाउने दाबी गरे ।

उनले भने, “विकास लक्ष्य पूरा गर्न समय तालिका (टाइम लाइन) सहितको कहिले गर्ने ? कसले गर्ने ? लगायतका स्पष्ट खाकासहित गरिने कामको सूचीसहितको कार्ययोजना आयोगले पेस गरेको हो । कार्ययोजनाले मन्त्रीपरिषद्मा प्रवेश पाइसकेको छ ।” योजनालाई परिणाममुखी बनाउन आवश्यक क्षेत्रको पहिचान गरी आयोजनाको उचित छनोट र कार्यान्वयन गरिनुका साथै बजेट र योजनाबिच तालमेल बनाउन योजनाका लक्ष्य अनुरूप बजेटको समयमै व्यवस्थापन र परिचालन गर्ने व्यवस्था मिलाइने कार्ययोजनामा उल्लेख गरिएको छ । कार्ययोजनामा उत्पादन र उत्पादकत्वमा वृद्धि गरी कृषि, उद्योग र सेवा क्षेत्रको उत्पादकत्व बढाएर दिगो आर्थिक विकास हासिल गर्ने कार्ययोजनाको प्राथमिकतामा रहेको, सार्वजनिक सेवा प्रवाहलाई प्रविधिमैत्री र झन्झटमुक्त बनाएर सुशासन कायम गर्ने रणनीति लिइएको छ ।

Health Tips Ad Road Block