Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

एनसेल, फुडमान्डुले ल्यायो खानाका परिकारमा रु.१५० को छुट अफर

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । एनसेलले फुडमान्डुसँग साझेदारी गर्दै नयाँ आकर्षक अफर सुरु गरेको छ, जसले ग्राहकलाई दूरसञ्चार सेवाका साथै फुडमाण्डु अर्डरमा छुट सुविधा प्रदान गर्दछ । यो अफरमा एनसेलका ग्राहकहरूले फुडमान्डुमा गर्ने खानाका परिकारको अर्डरमा रु. १५० को छुट पाउँछन् ।

फागुन ५ देखि सञ्चालनमा आएको यो अफरमा, रु. ९९ वा सोभन्दा बढी मूल्य रहेका अफरमा समावेश कुनै पनि एनसेल प्याकको खरिदमा ग्राहकहरूले रु. १५० छुटको कुपन प्राप्त गर्दछन् । यो कुपन फुडमान्डुमा रु. १,००० वा सोभन्दा बढी मूल्यका विभिन्न परिकारका अर्डरमा प्रयोग गर्न सकिन्छ ।

एनसेल डेटा, भ्वाइस वा कम्बो प्याक खरिद गर्ने ग्राहकहरूले छुट कुपन पाउँछन्। ग्राहकहरूले यी प्याकहरू एनसेल एपमार्फत वा नजिकैको एनसेल पसलबाट खरिद गर्न सक्नेछन् ।

ग्राहकले प्याक लिएपछि छुट कुपन एसएमएसमार्फत प्राप्त गर्दछन् । यदि ग्राहकले एकभन्दा बढी अफरमा समावेश प्याक खरिद गरेमा उनीहरूले त्यही अनुसार एक भन्दाबढी रु. १५० छुटका कुपनहरु प्राप्त गर्दछन् र यसरी प्राप्त कुपन फुडमान्डुको मोबाइल एप https://foodmandu.app.link/appfmd वा आधिकारिक वेबसाइट https://foodmandu.com मार्फत खाना अर्डर गर्दा प्रयोग गर्न सकिन्छ ।

कुपन जारी मितिदेखि २८ दिनसम्म मान्य रहन्छ र यो अरु कसैलाई दिन पाईदैन, जसले ग्राहक स्वयंले यो सुविधा लिनसक्ने सुनिश्चित गर्दछ । यो अफर एनसेलको रिन्यूवल प्याक, सापाटी प्याक, र गिफ्ट प्याक खरिदमा लागू हुँदैन ।

“हामी एनसेलमा कनेक्टिभिटी भन्दा पर गएर ग्राहकहरूको जीवनशैलीमा कसरी अर्थपूर्ण प्रभाव पार्न सक्छौ भनेर सधैं काम गरिरहेका हुन्छौं । फुडमान्डुसँगको यो साझेदारी नेपालको दूरसञ्चार क्षेत्रमा भएको यस प्रकारको पहिलो सहकार्य हो, जसले हाम्रा ग्राहकहरूलाई सहजै दुरसञ्चार सेवामार्फत सम्पर्कमा रहँदै अतिरिक्त बचतसहित आफ्नो मनपर्ने परिकारहरूको आनन्द लिन अवसर प्रदान गर्छ,” एनसेलका चीफ कन्सुमर बिजनेश अफिसर उपङ्ग दत्तले भने ।

यो साझेदारीले एनसेलले डिजिटल सेवाहरुलाई दैनिक जीवनशैलीसँग जोड्दै कसरी ग्राहक सुविधाका लागि काम गर्दैछ भन्ने परिभाषित गरेको छ । फुडमान्डुले हाल काठमाडौं उपत्यका, पोखरा, चितवन र बुटवलमा आफ्नो सेवा प्रदान गर्दै आएको छ, जसले नेपालको प्रमुख शहरका ग्राहकहरूका लागि यो सहकार्यलाई झन् आकर्षक बनाएको बताइएको छ ।

 

Health Tips Ad Road Block