ncell 2082 mangsir 29

skip this News Page Tips Ad Road Block

राष्ट्र बैंकले उपदान तथा पेन्सन कोषमा रहेको ९ अर्ब ३५ करोड लगानी गर्ने, आवेदनका लागि आव्हान

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौँ । नेपाल राष्ट्र बैंकले उपदान तथा पेन्सन कोषमा रहेको ९ अर्ब ३५ करोड रूपैयाँ लगानी गर्ने भएको छ । राष्ट्र बैंकले एक वर्षे अवधिका लागि इजाजतप्राप्त बैंक तथा वित्तीय संस्थामा मुद्दती निक्षेपको रुपमा उल्लिखित रकम लगानी गर्न लागेको जनाएको छ । यसमा इच्छुक बैंक तथा वित्तीय संस्थाहरूलाई दरखास्त दिन राष्ट्र बैंकले सूचनामार्फत आग्रह गरेको छ ।

सूचनामा बैंकहरूले २०८२ फागुन १० गते बिहान १० बजेदेखि दिउसो १२ बजेसम्म आवेदन दिन सक्ने बताइएको छ ।

राष्ट्र बैंकले वाणिज्य बैंकका लागि ७ अर्ब ४८ करोड, विकास बैंकका लागि १ अर्ब ४० करोड २५ लाख र राष्ट्रिय स्तरका वित्त कम्पनीहरूलाई ४६ करोड ७५ लाख रूपैयाँ छुट्याएको छ ।

यस्तो निक्षेप चाहने बैंक तथा वित्तीय संस्थाको कूल निक्षेप लगानीको ८ प्रतिशतभन्दा बढी निष्कृय कर्जा (एनपीएल) हुन नहुने र खुद निस्क्रिय कर्जा ३ प्रतिशत ननाघेको हुनुपर्ने शर्त उल्लेख छ । सीघ्र सुधारात्मक कारवाहीमा परेको भए फुकुवा भएको कम्तीमा ६ महिना पुरा भएको हुनुपर्नेछ ।

Health Tips Ad Road Block