ncell 2082 mangsir 29

skip this News Page Tips Ad Road Block

आजदेखि पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढ्यो

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । बजारमा आजदेखि आजदेखि पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढेको छ । नेपाल आयल निगम लिमिटेडले मूल्य समायोजन प्रक्रियाअनुसार मूल्य बढाइएको जनाएको छ ।

निगमले आज बिहान १ बजेदेखि लागु हुनेगरी साविकको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर पेट्रोलमा १ रुपैयाँले र डिजेल/मट्टितेलमा ३ रुपैयाँले बढाइएको जनाएको छ ।

इण्डियन आयल कर्पोरेशनबाट फेब्रुअरी १५ मा प्राप्त पेट्रोलियम पदार्थको नयाँ खरिद मूल्यअनुसार प्रतिलिटर पेट्रोलमा १ रुपैयाँ ५१ पैसा र डिजेलमा ५ रुपैयाँ ०२ पैसाले बढेर आएपछि मूल्य समायोजन गरिएको निगमले स्पष्ट पारेको छ ।

नयाँ मूल्यअनुसार चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जमा अब पेट्रोलको १५४ रुपैयाँ ५० पैसा र डिजेल/मट्टितेलको १३९ रुपैयाँ पचास पैसा पर्दछ । यस्तै सुर्खेत र दाङ्गमा पेट्रोलको १५६ रुपैयाँ र डिजेल/मट्टितेलको १४१ रुपैयाँ पर्दछ । यसैगरी काठमाडौं, पोखरा र दिपायलमा पेट्रोलको १५७ रुपैयाँ र डिजेल/मट्टितेलको १४२ रुपैयाँ पर्दछ ।

Health Tips Ad Road Block