झापा । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो क्षेत्रका टोलटोल पुगेर मतदातासँग संवाद गर्ने बताएका छन् । मतदाताले टोलटोलमा आइदिन आग्रह गरे बमोजिम मतदाता भेटघाटसँगै संवादलाई मुख्य प्राथमिकता दिने उनले बताएका हुन् ।
चुनावी अभियानका लागि झापामा रहेका ओलीले सञ्चारकर्मीहरुलाई मतदाताले शान्ति, स्थायित्व र विकास खोजेको प्रतिक्रिया दिए । यसअघि एक साता क्षेत्रमा घुम्दा मतदाताले सोही माग अघि सारेको उनको भनाई थियो । गत हप्ता ८० टोलमा पुगिसकेका ओलीले अब अन्य टोलहरुमा जाने उनले जानकारी दिए । उनले मतदातालाई मसिनो गरि भेट्ने योजना रहेको सुनाएका छन्।
टोलटोलमा पुगेर मतदाताका आवाज सुन्ने योजना रहेको उनको भनाई थियो ।






















