Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

गुँईठाको विषय तोडमोड नगर्न झापा गौरीगञ्जबासीको चेतावनी

Citizenlife ad 2082 falgun to baishak 2083

झापा । झापा गौरीगञ्जका बासिन्दाहरुले पूर्व प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गोबर र गुँईठाका बारेमा दिएको अभिव्यक्तिलाई तोडमोड नगर्न चेतावनी दिएका छन् । आईतबार अध्यक्ष ओली समेत गौरीगञ्ज पुगेको समयमा स्थानीयले गोबरको सही उपयोगका बारेमा अध्यक्ष ओलीले बोल्दा पनि केही व्यक्तिहरुले तोडमोड गरेर भ्रम छर्न खोजेको उनीहरुले बताए ।

‘गोबर कृषिका लागि उपयोगी छ, यसलाई बरु गोबर ग्यास बनाएर उपयोग गर्दा राम्रो हुन्छ । यसको दैनिक प्रयोगले मानव स्वास्थ्यलाई हानी गर्छ’ गौरीगञ्ज ३ का श्रवण गिरीले भने, ‘यति सामान्य कुरालाई कसैले अनावश्यक रुपमा तोडमोड गरेर दुष्प्रचार गर्छ भने त्यो राम्रो हुँदैन ।’ पूर्वप्रधानमन्त्री ओलीले आफ्‌नो ठाउँमा मात्र विकास गरेको र अन्यत्र ध्यान नदिएको बताउनेहरुलाई उनले प्रश्न पनि गरे, ‘हुम्लामा कस्ले मोटरबाटो लग्यो, दैलेखको ग्यास कस्ले उत्खनन् गरायो, मदन भण्डारी राजमार्ग कस्ले विस्तार गर्‍यो, क्रिकेट स्टेडीयम कस्ले बनायो ? त्यस तर्फचाँहि केही नबोल्ने अनि अनेक अफवाह फैल्याउने ?’

आसन्न प्रतिनिधी सभा सदस्य निर्वाचनका लागि झापा क्षेत्र नं. ५ का उम्मेद्वार रहेका ओली केही दिनदेखि आफ्‌नै निर्वाचन क्षेत्रका मतदातासँगको भेटमा सक्रिय छन् ।

Health Tips Ad Road Block