ncell 2082 mangsir 29

skip this News Page Tips Ad Road Block

जस्मिन पेन्ट्सको ‘जापान भ्रमण’ योजनाको विजेतालाई टिकट हस्तान्तरण

कोहलपुर, नेपाल । जस्मिन पेन्ट्सको उपभोक्ता योजना चाडपर्वको उमङ्ग, जापान घुमौँ जस्मिन पेन्ट्ससँगूको विजेतालाई जापान भ्रमणको टिकट हस्तान्तरण गरिएको छ।

ब्रान्ड एम्बेसडर पारस खड्काको उपस्थितिमा गरिएको लक्की ड्रमार्फत कौशिलानगर, कोहलपुरकी देवी बुढा विजेता छनौट भएकी थिइन् । बाँकेको कोहलपुरस्थित एस.के। ट्रेडर्स एण्ड सप्लायर्समा आयोजित कार्यक्रममा कम्पनीका निर्देशक सौगात अर्याल र कन्ट्री म्यानेजर डिल्लीराम पौडेलले विजेता बुढालाई आधिकारिक रूपमा जापान भ्रमणको टिकट हस्तान्तरण गरे ।

विगत ३२ वर्षदेखि गुणस्तरीय रङ्ग उत्पादन गर्दै आएको नेपालको नम्बर १ नेपाली पेन्ट्स, जस्मिन पेन्ट्सले आफ्ना ग्राहकहरुलाई पुरस्कृत गर्ने क्रममा यस योजना ल्याएको थियो र नेपाली मनको रङ्ग भन्ने स्लोगनका साथ अगाडि बढेको कम्पनीले आगामी दिनहरुमा पनि गुणस्तरीय उत्पादनहरु नेपालभरीका ग्राहकहरुलाई रङ्ग उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेको छ।

Health Tips Ad Road Block