skip this News Page Tips Ad Road Block

बेलायत पठाइदिन्छु भन्दै करिब ८ लाख ठग्ने कुमारी पक्राउ

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी बेलायत पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा काठमाडौं महानगरपालिका–१६ बस्ने नुवाकोट तार्केश्वर गाउँपालिका–१ घर भएकी ३६ वर्षीया कुमारी तामाङलाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।

कुमारीले बेलायत पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट ७ लाख ९० हजार रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका–१२ बाट पक्राउ गरेको हो ।

उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

Health Tips Ad Road Block