Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

पर्यटक आगमन वृद्धि गर्ने उद्देश्यले लुम्बिनीमा वैशाख तेस्रो अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन हुने

Citizenlife ad 2082 falgun to baishak 2083

बुटवल । पर्यटनको प्रवद्र्धन र पर्यटक आगमन वृद्धि गर्ने उद्देश्यले आगामी १६ र १७ वैशाखमा लुम्बिनीमा तेस्रो अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन आयोजना हुने भएको छ । लुम्बिनी विकास कोषको पछिल्लो परिषद् बैठकले लुम्बिनीको पर्यटन प्रवद्र्धन तथा पर्यटक आगमन बढाउने उद्देश्यले अन्तर्राष्ट्रिय समुदायमा लुम्बिनीको प्रचारप्रसारलाई नयाँ उचाइमा पुर्‍याउने लक्ष्यसहित सम्मेलन आयोजना गर्ने निर्णय गरेको हो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री तथा लुम्बिनी विकास कोषका अध्यक्ष अनिलकुमार सिन्हाको अध्यक्षतामा बसेको बैठकले अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनका लागि मूल आयोजक समारोह समिति गठन गरेको छ ।

समितिको संयोजक लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामा रहने गरी १० सदस्यीय मूल समारोह समिति गठन गर्ने निर्णय गरिएको छ ।

Health Tips Ad Road Block