skip this News Page Tips Ad Road Block

काठमाडौंको बौद्धबाट ६५ तोला सुनसहित चोर पक्राउ

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौँ । काठमाडौँको बौद्धबाट प्रहरीले ६५ तोला सुन बरामद गरेको छ । रिन्जी लामाको घरबाट मंगलबार एक करोड चार लाख ५३ हजार बराबरका सुनका गहना चोरेर फरार भएका अभियुक्तलाई प्रहरीले गोली प्रहार गरी नियन्त्रणमा लिएको छ । प्रहरीले गए राति नागार्जुन नगरपालिका–६ बाट बाँकेका प्रेम चौधरीलाई गोली हानेर पक्राउ गरेको हो । निजका साथबाट ६५ तोला सुनसमेत बरामद गरिएको प्रहरी वरिष्ठ उपरीक्षक रमेश थापाले बताए ।

उनका अनुसार प्रहरीमाथि खुकुरी प्रहार गरेपछि बाध्य भएर प्रहरीले गोली प्रहार गरेको थियो । अभियुक्तको खुट्टामा गोली लागेको छ । हाल निजको ट्रमा सेन्टरमा उपचार भइरहेको छ । त्यसक्रममा एक जना प्रहरी पनि घाइते भएका छन् ।

Health Tips Ad Road Block