Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

देउराली जनता फर्मास्यूटिकल्सले ४७५ करोड लगानी गरी नयाँ कारखाना बनाउने, थप ५५० जनालाई रोजगारीको अवसर

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडाैं । देउराली जनता फर्मास्यूटिकल्स प्रा.लि. ले थप ४७५ करोड लगानी गरी नयाँ परियोजना विस्तार गर्ने भएकाे छ । ३५ औं वार्षिकोत्सवको अवसरमा  आयोजित पत्रकार सम्मेलनमा  कम्पनीले उक्त घाेषणा गरेकाे हाे । कम्पनीले भनेकाे छ, ‘ यस कम्पनीले आफ्नो उत्पादनलाई विविधीकरण गर्दै उत्पादन क्षमता वृ‌द्धि गर्ने र अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको अत्याधुनिक नयाँ कारखाना चितवनको भरतपुरमा निर्माण गर्ने निर्णय गरेको छ । यो प्रस्तावित नयाँ कारखानामा यस कम्पनीले थप ४७५ करोड लगानी गरी यो आयोजनालाई २ वर्षभित्र निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य राखेको छ। उक्त नयाँ परियोजना सम्पन्न भएपछि थप ५५० जनालाई प्रत्यक्ष रोजगारीको अवसर सृजना हुनेछ।’

विगत ३५ वर्षदेखि नेपाली जनताका लागि उच्च प्रविधि आयात गरी अत्यावश्यक औषधिहरु स्वदेशमै उत्पादन गरी स्वास्थ्य सेवामा समर्पित नेपालकै अग्रणी औषधि उ‌द्योगका रुपमा कम्पनी स्थापित रहँदै आएको छ। वार्षिकोत्सवका अवसरमा कम्पनीले नेपालमा नयाँ र अत्यावश्यक औषधि उत्पादन विस्तार गर्ने आफ्नो उद्देश्यलाई इमानदारीपूर्वक कार्यान्वयन गर्दै देशमा औषधि आयातमा रहेको परनिर्भरतालाई कम गर्दै औषधि उत्पादनको क्षेत्रमा मुलुकलाई आत्मनिर्भर बनाउनको लागि औषधिहरु नेपालमा पहिलोपटक विकास र उत्पादन गरि सफल इतिहास कोर्ने सौभाग्य प्राप्त गरेकाे जनाएकाे छ ।

कम्पनीले अत्याधुनिक प्रविधिको प्रयोग गर्दै अत्यावश्यक जीवन रक्षक औषधिहरु र विभिन्न दिर्घ रोगहरुको उपचारमा आवश्यक पर्ने Capsule, Tablet, Liquid, Ointment, Dry Powder लगायतका २९६ प्रकारका जीवन रक्षक औषधिहरु अनुसन्धान गर्ने, उत्पादन गर्ने र ती उत्पादनहरुको गुणवता निर्धारण गर्ने अत्याधुनिक प्रविधि र उपकरणसहितको सुविधा सम्पन्न कारखाना निर्माण गरि अन्तर्राष्ट्रियस्तरको गुणस्तरीयता भएका औषधिहरु नेपाली जनतालाई उपलब्ध गराईरहेको छ । विश्वका विभिन्न मुलुकहरुबाट उच्च शिक्षा हासिल गरेका दक्ष वैज्ञानिक, प्राविधिक लगायत सबैतहमा कार्यरत करिब ६७५ जना कर्मचारीहरुको शिप, परिश्रम र नवीन सोचले नै आज देउराली-जनतालाई हरेक नेपालीको विश्वासिलो नाम बनाएको कम्पनीकाे भनाइ छ। कम्पनीले ३५ औं वार्षिकोत्सवको अवसरमा विगतका अनुभवहरुको उपयोग गर्दै औषधिको गुणस्तर वृ‌द्धि गरी यस क्षेत्रमा राष्ट्रलाई आत्मनिर्भर बनाउन योगदान गर्ने संकल्प गरेकाे छ ।

देउराली-जनता नेपालको औषधि उत्पादन क्षेत्रमा प्रविधि हस्तान्तरणमार्फत उच्चस्तरीय अन्तर्राष्ट्रिय प्रविधि (International Technology) आयात गर्ने पहिलो र एकमात्र उ‌द्योगको रुपमा स्थापित भई कुशल उत्पादन एवं गुणस्तर नियन्त्रण प्रक्रिया (cGMP) एवम् वातावरणीय मापदण्ड पूरा गरेको आधारमा प्रदान गरिने 150-9001; 150-14001 का प्रमाणीकरणहरू र विश्व स्वास्थ्य संगठनको मापदण्ड बमोजिम अन्तर्राष्ट्रियस्तरको कुशल औषधि उत्पादन प्रक्रिया पूरा गरेको आधारमा प्रदान गरिने WHO-GMP को प्रमाणपत्र प्राप्त गर्ने नेपालको पहिलो औषधि कम्पनीको रुपमा परिचित रहेको छ । यस प्रयत्नहरुले स्वदेशी औषधि उद्योगलाई अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न सक्षम बनाउने महत्वपूर्ण मार्गदर्शन गरेकाे कम्पनीकाे भनाइ छ । देउराली जनताले कुशल संस्थागत व्यवस्थापन, प्रशासनिक पारदर्शिता र कर्मचारी नीति, सामाजिक उत्तरदायित्वलाई प्राथमिकता दिँदै आफ्नो उत्पादन प्रणाली, गुणस्तर एवं व्यवसायिक आचारणलाई अन्तर्राष्ट्रियस्तरको बनाउने प्रयत्न गरिरहेको जनाएकाे छ ।

कम्पनीले उत्पादनमा आत्मनिर्भर बन्ने र विश्व बजारमा नेपाली औषधिको निर्यात सम्भावनालाई साकार पार्न निरन्तर अघि बढिरहेको जनाएकाे छ।

Health Tips Ad Road Block