Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

यामाहाको “मायासँग मायाको यात्रा” ले ल्यायो विवाहको सिजनमा साथ र भरोसाको सगुन

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । नेपालमा विवाहको सिजन सुरु भएसँगै यामाहाले आफ्नो वार्षिक विवाह सिजन अफर “यामाहा: मायासँग मायाको यात्रा” पुनः सार्वजनिक गरेको छ। प्रेमबाट सुरु हुने नयाँ सुरुवात र जीवनको नयाँ यात्रालाई उत्सवका रूपमा प्रस्तुत गर्ने यो अभियान नेपाली संस्कृति, परम्परा र भावनामा आधारित छ। यसले प्रत्येक अर्थपूर्ण सम्बन्धहरू हरेक पाइलामा सुरक्षित, सहज र भरोसायोग्य हुनुपर्छ भन्ने यामाहाको विश्वासलाई प्रतिबिम्बित गर्दछ।

विवाह सिजन अफरअन्तर्गत यामाहाले आकर्षक छुटहरू प्रदान गर्दै आएको छ, जसले नयाँ वैवाहिक जीवन सुरु गर्ने जोडीहरूलाई सुरक्षित र भरपर्दो सवारी साधनमा लगानी गर्न सहज बनाउने कम्पनीकाे भनाइ छ। ग्राहकहरूले यामाहा नेपालबाट शुभ विवाहको प्रतिकस्वरूप रु. ६,००० सम्मको नगद पुरस्कार (सगुन) प्राप्त गर्न सक्ने कम्पनीकाे भनाइ छ।

यस अभियानमार्फत यामाहाले जीवनको यस महत्वपूर्ण मोडमा जोडीहरूको भरोसायोग्य साथीका रूपमा साथ दिने लक्ष्य लिएको कम्पनीले जनाएकाे छ। भरपर्दो प्रदर्शन, उत्कृष्ट राइडर कम्फर्ट र उन्नत सुरक्षा सुविधासहित यामाहाले जोडीहरूलाई आत्मविश्वासका साथ अगाडि बढ्न सहयोग गर्दछ।

यो पहलसँगै यामाहाले सवारी साधन मात्र नभई प्रेमलाई साथ दिने, परिवारको सुरक्षा गर्ने र नयाँ सुरुवातलाई सशक्त बनाउने ब्रान्डको रूपमा आफूलाई पुनः प्रमाणित गरेको छ। यामाहा वैवाहिक जीवनमा प्रवेश गर्दै गरेका जोडीहरूसँग सधैं साथमा रहने प्रतिबद्धता जनाउँदै, हरेक यात्रा सुरक्षित, सहज र निश्चिन्ततासहित सुरु हुने कुरा सुनिश्चित गर्दछ।

यामाहा नेपालको बारेमा

एमएडब्लू राइड्स प्रा. लि. अन्तर्गत सञ्चालनमा रहेको यामाहा नेपाल नवीनता, प्रदर्शन र भरोसाको क्षेत्रमा अग्रणी ब्रान्डका रूपमा स्थापित छ। जापानी इन्जिनियरिङ, आकर्षक डिजाइन र रोमाञ्चक राइड अनुभवलाई एकसाथ प्रस्तुत गर्दै यामाहाले नेपाली ग्राहकहरूलाई विश्वस्तरीय दुईपाङ्ग्रे सवारी साधन उपलब्ध गराउँदै आएको छ। देशभर फैलिएको बलियो डिलर नेटवर्क र नेपालीहरूको राइडिङ आवश्यकतालाई दृष्टिगत गरी यामाहा नेपाल उन्नत प्रविधि, राइडरको सुरक्षा र भरपर्दो आफ्टर–सेल्स सर्भिसमा प्रतिबद्ध रहँदै आएको छ।

Health Tips Ad Road Block