Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

नेपाल बैंक र ॐ हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालिबीच छुट प्रदान गर्नेसम्बन्धी सम्झौता

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरु, कर्मचारीका परिवार र, बैंकमा खाता रहेका ग्राहकहरूलाई काठमाडौँ चावहिलमा रहेको ॐ हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालिमा उपचार गर्दा लाग्ने शुल्कमा विशेष छुट प्रदान गर्नेसम्बन्धी सम्झौता भएको छ । पुस २३ गते बुधबार उक्त सम्झौता भएको हो ।

सम्झौता बमोजिम कर्मचारीहरु, कर्मचारीका परिवार र, बैंकमा खाता रहेका ग्राहकहरूलाई अस्पतालको विविध उपचार सेवामा लाग्ने शुल्कहरूमा बिल रकमको ५ देखि १५ प्रतिशतसम्म छुट हुने व्यवस्था गरिएको छ । सो सम्झौता पत्रमा बैंकको तर्फबाट प्रमुख वित्त अधिकृत दीपेन्द्र राज काफ्‌ले र ॐ हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालिका तर्फबाट प्रमुख कार्यकारी अधिकृत यम बहादुर महतले हस्ताक्षर गरे ।

यसबाट नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरू तथा बैंकमा खाता रहेका ग्राहकहरू ॐ हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालिबाट प्रदान गरिने सहुलियतपूर्ण स्वास्थ्यसेवाबाट लाभान्वित हुने विश्वास लिइएको छ ।

Health Tips Ad Road Block