काठमाडौं । आज नेपाली बजारमा सुनको मूल्य तोलामा २ हजार रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ६५ हजार ७ सय रुपैयाँ रहेको छ ।
हिजो सुन प्रतितोला २ लाख ६७ हजार ७ सय रुपैयाँ रहेको थियो ।
आज चाँदीको मूल्य पनि नयाँ रेकर्डको विन्दु ४९३५ रुपैयाँबाट १०० रुपैयाँले घटेर ४८३५ रुपैयाँमा आइपुगेको छ ।






















