Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

कोशी एक्सिलेन्स अवार्ड–२०२६ फागुन ७ मा, कान्तिपुरबाट प्रत्यक्ष प्रशारण हुने

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडो. । कोशी एक्सिलेन्स अवार्ड २०२६ को प्रत्यक्ष प्रसारण कान्तिपुर टेलिभिजनबाट हुने भएको छ । आज (बिहीबार) नयन मिडिया फाउन्डेसनका अध्यक्ष पवन अधिकारी र कान्तिपुर टेलिभिजनका विजनेश प्रमुख सागर केसी र मार्केटिङ मेनेजर अनुपम अधिकारीबीच कोशी एक्सिलेन्स अवार्ड वितरण कार्यक्रमको प्रत्यक्ष प्रसारण गर्ने सम्झौता भएको हो ।

आउँदो फागुन ७ गते इटहरीको सोल्टी वेस्ट्रन होटेलमा कोशी प्रदेशको पर्यटन, व्यापार र सामाजिक सांस्कृतिक पहिचान प्रवर्धनका लागि योगदान गर्ने उद्देश्यले कोशी एक्सिलेन्स अवार्ड–२०२६ आयोजना हुँदै छ ।

कोशी प्रदेशकै सबैभन्दा ठूलो र प्रतिष्ठित अवार्डका रूपमा स्थापित यस कार्यक्रमले कोशी प्रदेशमा जन्मिएर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याउने व्यक्तित्वलाई सम्मान गर्दै आएको छ।

यस वर्ष अवार्डलाई अझ परिष्कृत र प्रभावशाली बनाउन तीन नयाँ विधा अटोमोबाइल, सङ्गीत र क्यापिटल मार्केट थप गरेर कुल १६ विधामा अवार्ड प्रदान गरिने आयोजक संस्था नयन मिडिया फाउन्डेसनका अध्यक्ष पवन अधिकारीले बताए।

गत वर्ष शिक्षा, स्वास्थ्य, सञ्चार, साहित्य, पर्यटन, कृषि, कर्पोरेट, बैंकिङ, खेलकुद, सामाजिक, स्टार्टअप, टेक्नोलोजी र इन्स्योरेन्स लगायत दर्जनभन्दा बढी विधामा अवार्ड प्रदान गरिएको उनले बताए ।

अवार्डलाई थप विश्वासिलो र राष्ट्रिय स्तरको बनाउने उद्देश्यले उच्चस्तरीय निर्णायक समिति गठन गरिएको अध्यक्ष अधिकारीले बताए ।

निर्णायक समितिमा नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर महाप्रसाद अधिकारी प्रमुख सल्लाहकार रहेका छन् भने संविधानसभा सदस्य पवन शारडाको संयोजकत्वमा चार सदस्यीय निर्णायक मण्डल गठन गरिएको छ । समितिले अवार्ड प्राप्तकर्ताको छनोट प्रक्रिया तीव्र र पारदर्शी ढङ्गले अघि बढाइरहेको उनले जानकारी दिए।

कोशी प्रदेश सरकारले कोशी पर्यटन वर्ष–२०८२’ को तयारीलाई अघि बढाइरहेको सन्दर्भमा, अवार्ड कार्यक्रमले प्रदेशको पर्यटन, व्यापार र सामाजिक सांस्कृतिक पहिचान प्रवर्द्धनमा महत्त्वपूर्ण भूमिका खेल्ने आयोजकको विश्वास छ।

अध्यक्ष अधिकारीका अनुसार, कार्यक्रमले व्यापारसँगै पर्यटन प्रवर्द्धनमा टेवा पुर्‍याउनेछ र कोशी पर्यटनलाई राष्ट्रिय स्तरमै चिनाउने लक्ष्य रहेको छ ।

अवार्ड कार्यक्रमको व्यवस्थापन इटहरीस्थित काफल्सले गर्ने बताइएको छ ।

Health Tips Ad Road Block