Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

माघ १८ गते ‘टिग कन्फेरेन्स २०२६’ आयोजना हुँदै, लेखा र व्यवसायको भविष्यमा गहन छलफल हुने

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । लेखा तथा व्यवसाय क्षेत्र तीव्र रूपमा डिजिटल रूपान्तरणको चरणमा प्रवेश गरिरहेको सन्दर्भमा साना तथा मझौला व्यवसायबीच लोकप्रिय अकाउन्टिङ सफ्टवेयर टिगले ‘टिगकन २०२६’ आयोजना गर्ने भएको छ।

आगामी माघ १८ गते आइतबार ललितपुरको कुपण्डोलस्थित होटल हिमालयमा दिउँसो ४ बजेदेखि आयोजना हुने टिगकन २०२६ मा प्रविधि, डेटामा आधारित वित्तीय प्रणाली तथा लेखा फर्महरूको विकसित भूमिकाबारे गहन छलफल हुने आयोजकले जनाएको छ।

लेखा तथा व्यवसायिक इकोसिस्टमका प्रोफेसनल र निर्णयकर्ताहरूलाई एकै स्थानमा ल्याई भविष्यका प्रवृत्ति, चुनौती र अवसरबारे संवाद गर्ने उद्देश्यसहित यो कार्यक्रम आयोजना गर्न लागिएको हो। सम्मेलनले सहभागीहरूलाई लेखा तथा व्यवसाय क्षेत्रको भविष्यबारे रणनीतिक दृष्टिकोण प्रदान गर्नुका साथै डिजिटल युगमा विश्वास, बुद्धिमत्ता र दिगो विकास हासिल गर्न सघाउने टिगका प्रमुख कार्यकारी अधिकृत (सीईओ) रमेश केसीले जानकारी दिए। कार्यक्रममा सहभागी हुनका लागि नाम दर्ता अनिवार्य गरिएको छ ।

Health Tips Ad Road Block