काठमाडौं । बैंकर तथा नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोज ज्ञवालीले विभिन्न २४ सूचक प्रस्तुत गर्दै केही भएन, देश बेचेर मात्रै खायो भन्नेहरुलाई गलत प्रमाणित गरेर देखाउन चुनौती दिएका छन् । अरुमा निराशा मात्रै फैलाएर आफ्नो स्वार्थको रोटी सेकाउने प्रवृति नै गलत भएको भन्दै उनले सुशासनमा समस्या रहेको औंल्याएका छन् ।
सामाजिक सञ्जालमा प्रजातन्त्रको शुरुवाती वर्ष र हालसम्मको तुलनात्मक विभिन्न २४ सूचकसहितको विवरण प्रस्तुत गर्दै उनले अझै राम्रो हुन सक्नेमा त्यसो हुन नसकेको भने स्विकार गरेका छन् । अब अरुका कमजोरी मात्रै खोतलेर देश नबन्ने भन्दै उनले मेहनती बनेर देशका लागि सबैले योगदान गर्नुपर्ने र सकारात्मकतातिर जानुपर्ने सुझाव दिएका छन् ।
‘देश सकियो,बर्बाद भयो, प्रजातन्त्र आएपछि न सबै सकियो भनेर निराशा मात्रै फैलाउने अनि सोही निराशा मात्र बेचेर आफ्नो स्वार्थको रोटी सेक्न खोज्नेहरुले तल प्रस्तुत सूचकहरुलाई गलत प्रमाणित गर्नुपर्ने हुन्छ होला। हो सुशासनमा समस्या रह्यो जसका कारण जन अपेक्षा पुरा भएन। यी सूचकहरु अझै राम्रा हुन सक्थे होलान् तर सबै सकिएको पक्कै होईन।’ उनले लेखेका छन्, ‘मिडिया, समाज, अभियन्ता, नेता सबैले नकारात्मक कुरा मात्र खोतलिरहे । आफू राम्रो हुन मेहनत गर्न, देशका लागि योगदान गर्ने होईन अरुका कमजोरी उजागर गरे वा मिलाएर गाली गर्न जान्ने भए पुग्ने भयो। यही कुरा सोसियल मिडियामा भाईरल बनाईयो। सुधार्नु पर्ने कुरा पक्कै धेरै तर हाम्रो देश न सक्किएको छ न त सबैभन्दा कमजोर देश हो। संभावनाका कुरा गरौं, राम्रो कामलार्इ सरहाना गरौं, गलत काम’नियतलाई खबरदारी गरौं !!’
यस्ता छन् सीईओ ज्ञवालीले प्रस्तुत गरेका २४ सूचकहरु





















